जनकपुरः प्रहरीलाई गाली गलौज गर्ने दुई जना पक्राउ
आरोपित चौधरी फेला परेपछि उनीसंग बुझ्दा सो गाडी र रुपैया उनले चोरी नगरको बयान दिएको थियो ।

२०७८ माघ २७ बिहीबार, बिहान ७:५१ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । मधेश प्रदेशको राजधानी जनकपुरधामबाट प्रहरीलाई गाली गलौज गरेको आरोपमा दुई जनालाई पक्राउ गरिएको छ ।
घटना नै नभएको अवस्थामा काल्पनिक र झुठो सूचना दिएर उल्टै प्रहरीलाई नै गाली गलौज गरेको आरोपमा ईलाका प्रहरी कार्यालय धनुषाधामले दुई जनालाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
धनुषाधाम नगरपालिका वडा नम्बर ७ बस्ने दीप नारायण यादव र आशाराम चौधरी नामक दुई व्यक्तिलाई पक्राउ गरी कारवाही प्रक्रिया अगाडी बढाएको छ ।
गत माघ २४ गतेको दिन बेलुकी ६ बजको समयमा वडा नम्बर ७ स्थित सार्वजनिक बाटोबाट सोही स्थान बस्ने श्रवन कुमार चौधरी तथा उनीसंग मोटरसाईकलमा आएका ३÷४ जना व्यक्तिहरुले अन्दाजी बर्ष ३५ को आशाराम चौधरीको नाममा दर्ता रहेको कार लुटेको काल्पनीक घटनाको सूचना फोन मार्फत दिएपछि पक्राउ परेका हुन् ।
यादवले बा. १९ च. ६६१४ नम्बरको कार र सो कार भित्र रहेको २ लाख रुपैयाँ लुटि चोरी लगेको भन्दै ईलाका प्रहरी कार्यालय धनुषाधाममा टेलीफोन मार्फत जानकारी गराएकोमा तत्काल धनुषाधामबाट प्रहरी नीरिक्षकको कमाण्डमा प्रहरी टोली खटि गई सो कार तथा रुपैया चोरी गर्ने श्रवन कुमार चौधरी लगायतका मानिसहरुलाई खोज तलास गर्दै जाँदा सोही राति फेला परेको थियो ।
आरोपित चौधरी फेला परेपछि उनीसंग बुझ्दा सो गाडी र रुपैया उनले चोरी नगरको बयान दिएको थियो । त्यसपछि श्रवण र दीपनाारायणलाई राखेर सोधपुछ गर्दा दीपनारायणले व्यक्तिगत रिसबकीको कारण उनलाई फँसाउन खोजिएको बयान दिएपछि यादवलाई पक्राउ गरिएको हो ।
बयानपछि प्रहरीले किन झुठो काल्पनिक घटनाको निबेदन दिएको भनेर सोधपुछ गर्दा दिप नारायण यादव तथा उनीसंगै रहेका आशाराम चौधरीले झुठो निबेदन दिएको स्वीकार गर्दै प्रहरी कर्मचारीहरुलाई गालि गलौज गरी अश्लिल शब्दहरु समेत प्रयोग गरेपछि दुवैजनालाई पक्राउ गरिएको हो ।
उनीहरुले समाजमा गल्त अफवाह सुचना दिई प्रहरी कर्मचारीहरुलाई दुख हैरान दिई राष्ट्र सेवक प्रहरी कर्मचारीको काम कर्तब्यमा बाँधा अवरोध समेत पुर्याएकोले दुवैजना विरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुर मुद्दा शिर्षकमा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय धनुषाबाट १० को म्याद थप लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…