सुनसरी काण्ड : पत्रकार सम्मेलनम किन आएन मेयर र उपमेयर ?
चन्दन रौनियार सुनसरी, १३ चैत्त । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ । उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विर सहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो । न्यायिक समितिका संयोजक समेत रहेकी उप

२०७४ चैत १३ मंगलबार, दिउँसो १:५६ बजे३ मिनेट पढाइ

चन्दन रौनियार
सुनसरी, १३ चैत्त । सुनसरी स्थित दुहबी नगरपालिकामा भएको कुटपिट प्रकरणमा नगरपालिका मिडियामाथि खनिएको छ ।
उपमेयर सुनिता दाहाल साहले ५ नं. वडाका अध्यक्ष तथा सदस्यमाथि कुटपिट गरेको बिषयमा भिडियो र तस्विर सहित समाचार आएपछि मिडियामाथि नगरपालिका खनिएको हो ।
न्यायिक समितिका संयोजक समेत रहेकी उपमेयर साहले वडा अध्यक्ष र सदस्यलाई कुटपिट गरेको बिषयमा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा भ्रामक सुचना प्रवाह गरेको भन्दै खेद प्रकट गरेको थियो । कुटपिट पछि आएका बिभिन्न समाचार र टेलिभिजनमा प्रशारण भएको रिर्पोट तथा समाचारले नगरपालिकालाई बद्नाम गराएको भन्दै सबै दोष पत्रकारलाई देखाइएको प्रति सुनसरीका संञ्चारकर्मीहरुले पत्रकार सम्मेलनको बिरोध गरेका छन ।
पत्रकार सम्मेलनमा स्वयम मेयर र उपमेयर दुवैको उपस्थिति थिएन । नगरपालिकाको तर्फबाट प्रवक्ता बिजय कुमार चौधरी र केही वडा अध्यक्षको मात्र उपस्थितिमा थियो । पत्रकार सम्मेलनमा जारी गरिएको विज्ञप्तीमा विभिन्न छापा, अनलाईन र टेलिभिजन तथा अन्य संचार माध्यममले घटनाको वास्तविक्ता भन्दा बाहिर गएर नगरपालिकाको प्रवक्ता सग समन्वय नगरी भ्रामक तथा मनगथन समाचार आएको प्रति गम्भीर ध्यान आकर्षण भएको छ भनि उल्लेख गरिएको छ ।
तीन दिनअघि सुनसरीको दुहवी नगरपालिकाको उपमेयर अर्थात अनुगमन समिति संयोजक सुमित्रा दाहाल पोख्रेलले नगरपालिका कार्यालय नजिकै भएको सरस्वती मावि खेल मैदान मर्मत सम्वन्धि अनुगमन र त्यसमा भएको कामको भुुक्तानप्रति देखाएको उदासिनताले निम्त्याएको बिवाद आपत्तीजनक बनेको गुनासो बाहिर आएको छ।
कार्यालय नजिकै भएको बिकास निर्माण कार्यका अनुगमन संयोजक उप मेयर सुनिता दाहाल ९साह०ले सहज रुपमा नगरिदिँदा वडाध्यक्ष रमेशकुमार रौनियार तथा काम गर्ने कामदारले भुक्तानी पाउन असहज भएपछि बिवाद चर्किदा नगरपालिका परिसरमा गत शुक्रबाट कुटपिट समेत भएको तथा त्यसमा वडा सदस्य कृष्ण योञ्जन पीडित बन्नुभएको सोमबार जारी बिज्ञप्तीमा उल्लेख छ।
उप मेयर सुनिता दाहाल९साह०ले नगरपालिकामा खेल मैदानको अनुगमन र निकासा सम्वन्धि बिवाद चर्किदै जाँदा श्रीमान समेत बोलाई निर्वाचित वडाध्यक्ष एवं वडा सदस्यहरुमाथि हातपात समेत गराउने कार्य भएकोप्रति नगर कार्यपालिकाले आपत्ती जनाई सकेको छ। घट्नापछि उपमेयरलाई सिमित समयका लागि अनुगमन समितिबाट हटाउने निधो समेत गरेको नगरपालिकाका प्रवक्ता चौधरीले सोमबार भएको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो।
यता आफनो बचवा गदै नगरपालिकाले आगामी दिनहरुमा सानातिना असमझदारी र कार्य सञ्चालन प्रकृयामा भएका कमी कमजोरीहरुलाइ सुधार गर्दै नगरवासीहरुमा छिटो छरितो सेवा दिने प्रतिबद्धता व्यक्त पनि गरेको छ । साथै विज्ञप्तीमा उपमेयरले कुटपिट गरेको कुरालाई दुखद मात्र भनिएको छ ।
नगरपालिकाको यस्तो कदमले समग्र संचारकर्मीहरु प्रति गलत आरोप लगाइएको बताइएको छ ।
बाहिरी रुपमा भने मिडियालाई दोष देखाएर माहोल शान्त पार्न खोजिएको संञ्चारर्मीको भनाई छ । शुरुमा केही वडा अध्यक्ष उपमेयर बिरुद्ध बोल्दै हिड्ने पछि उपमेयरको समर्थनमा एकाएक देखिएपछि मिडियालाई प्रयोग गरिएको बताइएको छ ।
नगरपालिकाले मिडियामाथि लगाएको आरोपको तत्काल खण्डन गर्नु पर्ने माग गरेका छन ।
यस्तो थियो कारण
दुई दिन अघि भएको घटनामा कुटपिट भएका ५ नं। वडाका अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई उपमेयर साहले मौखिक माफी मागेकी थिइन ।
नगरपालिकामा भएको छलफल पछि उपमेयर साहले दुबैसँग अब अभद्र व्यवहार नगर्ने भनेकि थिइन । पछि मिडियामा उपमेयरले पनि आफुमाथि पनि रौनियार र तामाङले हातपात भएको भनि बोलेकी थिइन । मिलेको कुरामा फेरी किन उपमेयरले आफुहरुलाई आरोप लगाएको भनि तामाङ पत्रकार सम्मेलनमा आक्रोशित बनेका थिए ।
पछि यस घटनामा मिल्न वडा अध्यक्ष रौनियार र तामाङलाई नैतिक दबाब भएको थियो । नेपाली काग्रेस निकट सबै जनप्रतिनिधिहरुले घरको विवाद मिडियामा पुगेको भन्दै मिल्न आग्रह गरिएको थियो । तर वडा सदस्य तामाङले उपमेयरका श्रीमान अनिल साहलाई कानुनी दायरामा ल्याने अडान लिएका थिए ।
उनका बिरुद्ध इलाका प्रहरी कार्यालय दुहबीमा निवेदन दिएपनि दर्ता नगरेको तामाङको भनाई छ ।
अनिल साहले आफुलाई सिध्याने धम्की दिएको र आफनो ज्यान जोखिममा रहेको कारण देखाइ प्रहरीमा निवेदन दिएका थिए । तर उनका श्रीमानलाई समेत मुद्धा मामिला नगर्न नगरपालिकाले दबाब दिएको तामाङको भनाई छ ।
पत्रकार सम्मेलनमा तामाङले आफु यो घटना प्रति चित्ता नबुझाएको बताएका छन । उपमेयरले आफु समक्ष बाहिरी रुपमा माफी मागे पनि भित्री रुपमा आफुलाई कतै न कतै निशाना बनाउने तयारी गरेको उनको आरोप छ ।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…