मुस्लिम भोँटले वीरगँजमा जसपाको मेयर र साँसदको नयाँ अनुहार परिवर्तन हुने सँकेत
वीरगञ्ज महानगरपालिकामा मुस्लिम समुदायकै बाहुल्यता भएकाले अन्सारीलाई मेयरमा र सांसदमा मुख्यमन्त्री राउतलाई टिकट दिने लगभग पक्कापक्की भईसकेको जसपाकै एक नेताले नाम नबताउने शर्तमा बताए ।

२०७८ माघ २२ शनिबार, बेलुकी ६:१४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, वीरगँज । आगामी निर्वाचनमा वीरगञ्ज महानगरपालिकाको मेयर र पर्सा निर्वाचन क्षेत्र नम्बर १ को सांसदमा अनुहार परिवर्तन हुने सङ्केत देखिएको छ ।
वीरगञ्ज महानगरपालिकाको नगरप्रमुख बिजय कुमार सरावगीको स्थानमा जिल्ला समन्वय समिति पर्साका प्रमुख नेकमहमद अन्सारी र पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादवको स्थान मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले ओगट्ने सङ्केत देखिएको हो ।
वर्तमान नगरप्रमुख विजय कुमार सरावगी र जिल्ला समन्वय समिती पर्साका संयोजक नेकमहमद अन्सारीले नगरप्रमुखमा उम्मेदवारी दिने सार्वजनीक कार्यक्रममै घोषणा गरेपछि यो विषय रोचक बनेको छ । दुवै जना जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनीधित्व गर्छन् ।
व्यावसायीक क्षेत्रबाट राजनीतिमा प्रवेश गरेका नगरप्रमुख सरावगीले पटकपटक पार्टी छोडेर अन्य पार्टीमा जाने सङ्केत देखाएको हुँदा सरावगीले धोका दिन सक्ने भन्दै अन्सारी नै पार्टी अध्यक्ष उपेन्द्र यादवको विश्वास पात्र बनेको आँकलन गर्न सकिन्छ ।
वीरगञ्ज महानगरपालिकामा मुस्लिम समुदायकै बाहुल्यता भएकाले अन्सारीलाई मेयरमा र सांसदमा मुख्यमन्त्री राउतलाई टिकट दिने लगभग पक्कापक्की भईसकेको जसपाकै एक नेताले नाम नबताउने शर्तमा बताए ।
जसपाबाटै यसअघिको निर्वाचनमा बिजयी भएका प्रदिप यादवको स्थानमा मधेश प्रदेशका मुख्यमन्त्री राउतले टिकट पाउने जसपाका अध्यक्ष उपेन्द्र यादव निकट स्रोतले जनाएको छ ।
पछिल्लो समयमा अध्यक्ष यादवसँग प्रदिप यादवको सम्बन्धमा चिसोपन आएसँगै मुख्यमन्त्री राउतले नै उक्त स्थान ओगट्ने प्रबल सम्भावना बढेको छ ।
वीरगञ्ज नगर क्षेत्रमा मुस्लिम समुदायको भोट उल्लेख्य संख्यामा रहेकोले बिजयी सुनिश्चित हुने देखिएपछि अध्यक्ष उपेन्द्र यादवले मुख्यमन्त्री राउतलाई नै पर्सा क्षेत्र नम्बर १ बाट प्रतिनीधि सभा सदस्यका लागि टिकट दिने बुझिएको छ ।
क्षेत्र नम्बर १ बाट राउत र वीरगञ्ज महानगरपालिकाको मेयरका लागि अन्सारीलाई टिकट दिने विश्लेषण हुन थालेसँगै पर्सा जिल्ला र मधेश प्रदेशको मुस्लिम भोटमा पार्टी अध्यक्ष यादवको आँखा लागेको स्पष्ट हुन्छ ।
२०४८ सालमा ३ महिनासम्म कारागारसमेत बसेका अन्सारीको मेयरमा सम्भावना पनि बलियो देखिएको छ । आफुले पार्टीप्रति गरेको योगदानको मूल्यांकन गर्दै पार्टीले पनि टिकट दिने अन्सारीले भने ।
यात्राडेलीमा समाचार छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्


















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…