यात्रुबाहक बसमा आगजनी
स्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ ।

२०७८ माघ १७ सोमबार, बिहान ८:४५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । बारा जिल्ला जिल्लाको कोल्हवी नगरपालिका–६ कुमरगढी गाउंमा एउटा यात्रुबाहक बसमा आगजनी गरिएको छ ।
स्थानीय छठिघाट पार्किङ गरी राखिएको ना ७ ख ३५३५ नम्बरको बसमा आगजनी गरिएको हो । स्थानीय शिक्षक तेजप्रकाश चौधरीको बसमा अज्ञात समूहले आगजनी गरेको स्थानीय वासिन्दाहरुले बताए ।
स्थानीय गाउंदेखि वीरगञ्जसम्म सञ्चालन हुँदै आएको सो बसमा कसले र किन आगजनी गरेको हो भन्नेबारे केही पनि खुल्न नसकेको पीडित शिक्षक चौधरीले बताए ।
स्थानीय शिक्षक श्री राम साहले छठीघाटमा पार्किङ गरी राखिएको बस केही पर गुडाएर सिसाहरू फुटाल्दै पेट्रोल छर्केर आगजनी गरिएको बताए ।अगजनीमा परी बसको सबै भाग पूर्ण रुपले जलेको बताइएको छ ।
यता, जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी राजेश थापाले घटनाबारे अनुसन्धान जारी रहेको र दोषीहरुको खोजतलाश भइरहेको बताएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…