सत्ता गठबन्धनको बैठक बस्यो, स्थानीय तह चुनावबारे निचोड निकाल्ने
साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।

२०७८ माघ १५ शनिबार, बिहान ९:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । सत्ता गठबन्धनको बैठक अहिले जारी रहेको छ । शुक्रबार प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालबीच भएको छलफलपछि आजका लागि बैठक तय गरिएको थियो ।
बैठक बिहान ९ बजे प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा आगामी निर्वाचनका विषयमा छलफल हुने छ। स्थानीय तहसँगै प्रदेश र संघीय निर्वाचनका विषयमा आजको बैठकमा छलफल हुने एक नेताले बताए।
साथै, राष्ट्रिय सभा निर्वाचनका विषयमासमेत समीक्षा हुने उनले बताए। निर्वाचन आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएपछि कानुनविद्हरुले संविधान र निर्वाचनसम्बन्धी ऐन एक आपसमा बाझिएकाले सुल्झाएर अघि बढ्न सुझाव दिएका थिए।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…