मधेशकी छोरीहरुलाई DJ मा दिनहुँ 'बलात्कार' गर्छन तेस्रो दर्जाका गायकहरु
“चमरटोलीबाली माल, बिनटोलीबाली माल, नुनियाटोलीबाली माल, मियनटोलीबाली माल” जस्ता शब्दले भरिएको गीतले सिँगो मुस्लिम समुदायको छोरीचेलीलाई अप्रत्यक्ष बलात्कार गरेको आँकलन गर्न सकिन्छ ।

२०७८ माघ १४ शुक्रबार, बिहान ९:०६ बजे४ मिनेट पढाइ

तराई मधेशको अवस्था छिमेकी मुलुक भारतको बिहारझैँ बन्दै गएको छ । यहाँ पनि गायकको नाममा मधेशकी छोरी चेलीहरु दिनहुँ झैँ बलात्कृत हुँदै गएको महसुस गर्न सकिन्छ ।
आफूलाई चिनाउन भएपनि तेस्रो दर्जाको मानसिकता बोकेका केही गायकहरुले दिनहुँ झैँ मधेशकी छोरी चेलीहरुलाई बलात्कार गरिरहेका छन् । उनीहरुले जहिले पनि छोरी चेलीमाथि अभद्र, भद्दा शब्द प्रयोग गरी गीत बनाउँदा अहिले परिवारसँग खान खान पनि लज्जाबोध हुने गरेको महसुस गर्न सकिन्छ ।
टिकटक प्लेटफार्म त गन्दकीले भरेका यहीका युवा युवतिहरुले अब सार्वजनिक ठाउँमा पनि अभद्र र भद्दा गीतहरुले समाजलाई नै दुषित पारिदिएको छ । पूजा, सँस्कृति, नवाह, अष्टजाम वा कुनै देवी देवताको पूजामा पनि अश्लिलताको सीमा नाघेको देखिन्छ ।
बिहेबारीको समयमा खास गरी ग्रामिण भेकमा बजाइने डिजे बाजामा सुन्नै नसकिने खालको गीतहरु बजाएर नृत्य गर्दा छेउका परिवारहरु ढोका लगाएर साँझै सुत्ने नाटक गर्नुपर्ने बाध्यता उत्पन्न भएको छ ।
अहिले तराई मधेशमा बिहेको लगन गाँठ चलिरहँदा ग्रामिण भेकमा बजाइने डिजेमा यहीका छोरीचेली, महिलाहरुले गर्ने नृत्य हेर्दा पनि छिमेकी मुलुक भारतको बिहारभन्दा पनि खत्तम अवस्था सृजना भएको महसुस गर्न सकिन्छ ।
त्यसमा महिलाहरु मात्र हुँदैनन, पुरुषहरु पनि उत्तिकै भागिदार हुन्छन् यसको लागि की गीत उनीहरुले भद्दा, अभद्र, अश्लिल नै चयन गर्छन् । एकै ठाउँमा बहिनीसँग, आमासँग, दिदीसँग भाईहरु नाचिरहेका हुन्छ भने भित्रैभित्र अन्यले अप्रत्यक्ष बलात्कार गरिरहेको कुरा भान हुन्छ ।
कुनै समुदायलाई, कुनै टोल, कुनै व्यक्तिलाई प्रत्यक्ष रुपमै गिज्याउने, गाली गर्ने खालका क्रियाकलापहरु गर्न प्रतिबन्ध छ । तर, गाउँघरमा बज्ने गीतहरुमा अझै प्रशासनले रोक लगाउन नसक्दा यहाँकी छोरीचेलीहरु दिनहुँ बलात्कारको शिकार हुँदै गएकी छन् ।
“चमरटोलीबाली माल, बिनटोलीबाली माल, नुनियाटोलीबाली माल, मियनटोलीबाली माल” जस्ता शब्दले भरिएको गीतले सिँगो मुस्लिम समुदायको छोरीचेलीलाई अप्रत्यक्ष बलात्कार गरेको आँकलन गर्न सकिन्छ ।
त्यतिमात्र नभई अहिले “पश्चिमटोलीबाली माल, पुरबटोलीबाली माल, दक्षिणटोलीबाली माल, उत्तरबारीबाली माल” भनेर भन्दा तराई मधेशको विभिन्न गाउँमा हुने यी टोलहरुका छोरीचेलीहरुलाई त प्रत्यक्ष रुपले नै बलात्कार गरेको भान हुन्छ । र यस्ता गीतमा मज्जा लिएर ३ फिटसम्म उफ्रने भनेको सोही टोलकी किशोर किशोरी, युवा, युवति, महिला पुरुषहरु हुन्छन् ।
त्यसमा पनि अहिले नयाँ भर्सन थपिएको छ –“जनकपुरबाली माल, पथलैयाबाली माल, सिमराबाली माल, रौतहट बाली माल, वीरगँजबाली माल सुपरहिट लागेली” यसले जनकपुरियन छोरीचेलीलाई मात्र होईन वीरगँजसम्मकी छोरीचेलीलाई सबैको सामुन्ने बलात्कार गरेनन भनेर भन्न सकिन्छ त ?
छोरीचेलीहरु रमाउँछन् यी गीतमा –“जब रतिया समान छुवता, हमरा लहँगा से माल चुवता”, “भत्तार जब सलेन्सर छुवाबे, हमर दुनु बैलुन साला धुक धुक करे” यी गितहरुमा छेउमा बुवा, दाजुभाई लाजले मुख लुकाएर भएपनि बस्न बाध्य हुन्छन र तेस्रो दर्जाका गायकहरुले बीच सडकमा उनको छोरी चेलीहरुलाई बलात्कार गर्छन र अभिभावकहरु बलात्कार हेर्न बाध्य हुन्छन् ।
यी तेस्रो दर्जाका गायकहरु भारत बिहारका मात्र होईनन, सिरहा, सप्तरी, धनुषा, महोत्तरी, वीरगँजका हुन । धनुषा महोत्तरीका गायकहरु भन्दा सिरहा सप्तरीका तेस्रो दर्जाका गायकहरुले क्षणीक पैसा कमाउने उदेश्यले दिनहुँ छोरी चेलीलाई बलात्कार गर्छन र मधेशका जागरुक युवाहरु आफ्नो बहिनी, आमा, दिदीको बलात्कार बाध्य हेरेर हेर्न मजबुर छन् उनीहरुले पनि आवाज दबाएका छन् ।
सिरहाका ज्ञानु यादव, सप्तरीका सन्नु कुमार खँग, महोत्तरीका शिशिर ठाकुर, वीरगँजका विष्णु दिवाना लगायतका तेस्रो दर्जाका गायकहरुको गीतले तराई मधेशकी छोरीहरु अप्रयक्ष बलत्कृत भइरहेका छन् ।
“गे छौरी पटवे त पट नै त दोसर छौरी पर लाईन मार त दे, सुहाग रातमे सटेबौ, घपाघप देबौ तोरा बहिनके, फाईर देबौ जिन्स ब्लेड माइरक, छौरीके पटैत रहै छै” लगायतका दर्जन बढी गीतहरुले तेस्रो दर्जाका गायक सन्नु कुमारले मधेशकी छोरी चेलीहरुलाई दिनहुँ बलात्कार गरिरहेका छन् ।
यस्तै, “डिजेबाला सँ फँसले गे छौरी, कोरोना स नै कम छे तु गे, हमरा पापाके पुतौह बनबे कहिया गे, कले उठौना दुधके, प्यार करबौ लगाके मच्छरदानीमे” लगायतका गीतहरुले ज्ञानु यादव दिनहुँ बलात्कार गर्छन् ।
यसको लागि मात्र पुरुष गायकहरु जिम्मेवार छैनन, महिला गायकहरु पनि उतिकै छाडा देखिएकी छन् । जसमा सुमन सोनाको नाम आउँछन् । सुमन सोना जनकपुरकी तेस्रो दर्जाकी गायकको रुपमा चिन्छिन् । उनको गीत, “छौरा आ ना हमरा घरे, लाईन मारे डिजेबाला, बेटी भेलै अन्हरियामे, बेटा भेलै इजोरियामे” लगायतका गीतहरुले पनि यस्ता प्रवृतिमा टेवा दिएको छ ।
जनकपुर क्षेत्रकै पवन पुरबइया सहनी नामक तेस्रो दर्जाका गायकले गाएको गीतहरु “चुमा बाला फोटो डाइलदेवौ नेट पर, मिलतौ सेकेण्ड ह्याण्ड कनिया, मिस्कल मारबै त मिल अैहे पोखरी कोन पर, तोहर माई बहिन नचैछौ तोहर दिदिके मटकोरमे” लगायतका गीतले विवाहमा विवाहभन्दा पनि बलात्कार कार्यक्रम अधिक महसुस हुन्छ ।
यद्यपी, यी गायकहरुले आफ्नो रोजीरोटी बनाउन मधेशकी छोरी चेलीहरुलाई दिनहुँ बलात्कार गर्छन् । बिडम्बना त यहाँ छ की मधेशका युवाहरु, जागरुक युवाहरु, बुद्धिजीवी वर्गहरु पनि यसको लागि चुप छन् ।
मात्र छोरीचेलीलाई केन्द्रीत गरी उसको जीउडाल, शरिरको बनाबट, उसको भित्री कपडा देखि लिएर अन्तरँग कहानीसम्म गीत बजाउँदा महिला अधिकारकर्मीहरु समेत भित्रैभित्र मज्जा लिएरै बसेको सहजै अनुमान गर्न सकिन्छ ।
यस्ता गीतहरुलाई परास्त गर्न गीत बजाउने हैन, गायकलाई बजाउने दिन आउन थालेको छ । यही मधेशका युवाहरु, जागरुक नागरिकले कुन दिन जाग्ला र आफ्नो छोरी चेली, बहिनीको बलात्कार हुनबाट जोगाउँला भन्ने प्रतिक्षा छ ।
Note: गाउँघरमा चलेको गीत र गायकहरुले गाएको गीतको आधारमा लेखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…