दोहोरो नागरिताका दुई अभियोगी जनकपुरबाट पक्राउ
प्रतिवादीहरू मध्ये जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वाडा नम्बर १२ घर भई हाल ७ मा वस्ने वर्ष ५८ को लक्ष्मण साह सुडीलाई वडा नम्बर ४ स्थित सार्वजनिक बाटोबाट र जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ६ मा वस्ने वर्ष ५१ को राम एकवाल साह समेतलाई वडा नं. ७ स्थित सार्वजनिक बाटोबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।

२०७८ पुस २८ बुधबार, बेलुकी ७:५५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । दोहोरो नागरिकताको आरोप लागेपछि फरार भएका दुई जनालाई धनुषा प्रहरीले मँगलबार पक्राउ गरेको छ ।
जिल्ला धनुषा साविक देवपुरा गाविस वडा नम्बर ९ तथा हाल जनकपुर उप- महानगरपालिका वडा नम्बर २० वस्ने गौरी मुखिया विनको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी लक्ष्मण साह सुडी नागरिकता सम्बन्धी कसुर मुद्दामा फरार रहेकोमा मँगलबार पक्राउ परेका हुन् ।
अनुसन्धानको क्रममा फरार रहेका प्रतिवादीहरूलाई खोज तलाश गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाबाट प्रहरी अधिकृतको कमाण्डमा खटि गएको सदा पोशाकको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रतिवादीहरू मध्ये जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वाडा नम्बर १२ घर भई हाल ७ मा वस्ने वर्ष ५८ को लक्ष्मण साह सुडीलाई वडा नम्बर ४ स्थित सार्वजनिक बाटोबाट र जिल्ला सप्तरी राजविराज नगरपालिका वडा नं. १ घर भई हाल जिल्ला धनुषा जनकपुर उप–महानगरपालिका वडा नं. ६ मा वस्ने वर्ष ५१ को राम एकवाल साह समेतलाई वडा नं. ७ स्थित सार्वजनिक बाटोबाट नियनत्रणमा लिएको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…