लहान प्रहरीले समाते फरार प्रतिवादी
प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्बर १९ छारापट्टि बस्ने मो. किसमत मियाँको छोरा अन्दाजी बर्ष ३५ को मो. इरफान मियाँलाई पक्राउ गरिएको हो । उनीमाथि चोरी मुद्दाम १ महिना जेल सजाय र ३० हजार रुपैयाँ जरिवाना गर्दा उनी फरार भएका थिए ।

२०७८ पुस २६ सोमबार, राति ८:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाको ईलाका प्रहरी कार्यालय लहानले दुई जना फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
ईलाका प्रहरी कार्यालय लहानबाट प्रहरी सहायक नीरिक्षक चन्दन यादव र प्रहरी जवान विजय चौधरीको कमाण्डमा खटिएको सिभिल ड्रेसको प्रहरीले दुई फरार प्रतिवादीलाई पक्राउ गरी बुझाएको हो ।
आईतबार दिउँसो करिब २ः०० बजेको समयमा ईलाका प्रहरीबाट खटि गएको टोलीले उनीहरुलाई गोप्य सूचनाको आधारमा पक्राउ गरेको हो । ईलाका प्रहरी कार्यालय लहानबाट करिब ५ किलोमिटर दक्षिण पर्ने स्थानबाट उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले सिरहाको लहान नगरपालिका वडा नम्बर १९ छारापट्टि बस्ने मो. किसमत मियाँको छोरा अन्दाजी बर्ष ३५ को मो. इरफान मियाँलाई पक्राउ गरिएको हो । उनीमाथि चोरी मुद्दाम १ महिना जेल सजाय र ३० हजार रुपैयाँ जरिवाना गर्दा उनी फरार भएका थिए ।
यस्तै, सोही ठाउँमा बस्ने बर्ष २६ को मो. वसिमलाई पनि चोरी मुद्दामै ९ दिन सजाय र ३० हजार रुपैयाँ तोकिएकोमा फरार रहेका थिए । उनलाई पनि पक्राउ गरी अदालतमा बुझाएको हो । ्
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…