प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी सङ्क्रमित
प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन्

२०७८ पुस २४ शनिबार, बेलुकी ७:३८ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, विराटनगर । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ को मोरङमा सबैभन्दा बढी आज २४ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सोही अवधिमा सुनसरीमा पाँच, उदयपुरमा एक र प्रदेश बाहिर एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
स्थानीय पालिका अनुसार मोरङको विराटनगर महानपादिकामा २० उर्लाबारीमा दुई, रङ्गेली र धनपालथानमा एक÷एक, सुनसरीको धरानमा पाँच, उदयपुरको त्रियुगामा एक र प्रदेश बाहिरका एक जना गरी कूल ४३ जनामा सङ्क्रमण देखिएको हो ।
सङ्क्रमित १६८ जनाको पीसीआर परीक्षण गर्दा ३१ र १६० जनाको एन्टिजेन परीक्षण गर्दा १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेशमा आजै तीन महिलासहित सात कोरोना सङ्क्रमणमुक्त भएका छन् भने प्रदेशमा अझै १९२ जना सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…