जनकपुरमा सशस्त्र प्रहरीले सोध्छन्- 'तपाईको मास्क खोई ?'
सशस्त्र प्रहरी ८ गणका गणपति नरेन्द्र सेनले समेत स्वयँम अभियानमा जुटेका छन्।

२०७८ पुस २३ शुक्रबार, बेलुकी ६:५२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा शसस्त्र प्रहरीले मास्क अभियान चलाएको छ ।
कोरोनाको अर्को भेरियन्ट ओमीक्रोमको असर देशको विभिन्न भागमा देखिन थालेपछि सशस्त्र प्रहरी बल धनुषाले जनकपुरमा मास्क नलगाउनेलाई मास्क वितरण सुरु गरेको छ ।
सशस्त्र प्रहरी ८ नम्बर गण धनुषाले “तपाईको मास्क खोइ” भन्दै अभियान अन्तर्गत जनकपुर लगायत अन्य ठाउँमा मास्क बाँडेको छ।
यस्तै, तराईमा बढेको जाडोलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल धनुषाले विभिन्न ठाउँमा आगो समेत बालेका छन् । आगो बाल्दै प्रहरीले कोरोनाको नयाँ भेरियन्ट बढन थालेको बेला कोरोनाबाट कसरी जोगिने उपाय सम्बन्धी पनि जानकारी गराएका थिए।
सशस्त्र प्रहरी ८ गणका गणपति नरेन्द्र सेनले समेत स्वयँम अभियानमा जुटेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…