हात हतियार मुद्दाका फरार शर्मा पक्राउ
गत कार्तिक २९ गते जिल्ला अदालत सिरहाले शर्मालाई ४ बर्ष ६ महिना कैद तथा ४५००० रुपैयाँ जरिवाना समेत तोकेको थियो । त्यसवखत देखि नै उनी फरार रहेका थिए । उनलाई बुधबार साँझ ६ बजे पक्राउ गरेको हो ।

२०७८ पुस २२ बिहीबार, बिहान ८:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले हातहतियार तथा खरखजाना मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गर्न सफल भएको छ ।
ईलाका प्रहरी कार्यालय लहानको प्रहरी टोलीले जिल्ला अदालत सिरहाबाट ४ बर्ष ६ महिना कैद सजायको फैसला भई फरार रहेका लहान नगरपालिका वडा नम्बर १५ बस्ने रामचलित्र ठाकुरको छोरा बर्ष २५ को विजय कुमार शर्मा ठाकुर पक्राउ परेका छन् ।
गत कार्तिक २९ गते जिल्ला अदालत सिरहाले शर्मालाई ४ बर्ष ६ महिना कैद तथा ४५००० रुपैयाँ जरिवाना समेत तोकेको थियो । त्यसवखत देखि नै उनी फरार रहेका थिए । उनलाई बुधबार साँझ ६ बजे पक्राउ गरेको हो ।
प्रहरी चौकी लहानबाट प्रहरी सहायक नीरिक्षक भोगेन्द्र खत्रीको टोलीले गोप्य सुचनाको आधारमा लहान बजारबाटै पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए ।
शर्मालाई पक्राउ गरी आवश्यक कार्वाहिको लागि ईलाका प्रहरी लहानमा राखेर थप अनुसन्धान जारी राखेको बताइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…