विदेह नगरपालिकाका मेयर, उपमेयर र अधिकृतमाथि मद्दा
उनले पोखरी, मोटरसाईकल, योजनाहरु अपडेट नभएको, सुराकी राखेको सबै विस्तृत खुलाएर मुद्दा दायर गरेका छन् ।

२०७८ पुस २० मंगलबार, बेलुकी ७:१० बजे२ मिनेट पढाइ
उनले पोखरी, मोटरसाईकल, योजनाहरु अपडेट नभएको, सुराकी राखेको सबै विस्तृत खुलाएर मुद्दा दायर गरेका छन् ।

२०७८ पुस २० मंगलबार, बेलुकी ७:१० बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव कुमार साह, मेयर बेचन दास र उपमेयर निलम देवी मण्डलमाथि मुद्दा परेको छ ।
अधिकृत सँजीव कुमार साहले नगरपालिकाको सरकारी गाडी आफ्नो श्रीमतिको नाममा गरेको आरोप लगाउँदै अख्तियारमा मुद्दा दायर गरिएको छ ।
विदेह नगरपालिका वडा नम्बर ६ बस्ने हरिनारायण साहले विदेह नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सँजीव कुमार साह, मेयर बेचन दास र उपमेयर निलम देवी मण्डलमाथि मुद्दा दायर गरेको हो ।
मोटरसाईल खरिद गर्दा १० थान मोटरसाईकलमा १ थान निःशुल्कमा पाउने र नियमनुशार त्यो पनि नगरपालिकाकै नाममा हुने भएपनि विदेह नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत संजिव कुमार साहको श्रीमती समिक्षा शाहको नाममा निजि नंवर नामसारी भएको आरोप सहित मुद्दा दायर गरेको हो ।
यसका साथै, नगर प्रमुख बेचन दासका भाई मास्टर लखन दासले नगरपालिकाको रिँग रोडको ठेक्का लिँदा डोजरको खर्चमा पनि भ्रष्टाचार गरेको आरोप छ ।
१५०० देखि २००० सम्म प्रतिघण्टा चल्ने डोजरको लागि ५००० रुपैयाँ प्रतिघण्टा जोडेर करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप सहित मुद्दा दायर गरेको हो ।
विदेह नगर पालिकामा सार्वजानिक पोखरी ७२ वटा छन् एउटा पोखरी ५ देखी १० लाख सम्म बार्षिक ठेक्का लाग्छ तर नगर कोषमा १०० रुपैया पनि जम्मा भएको छैन् । नगर प्रमुख, उप–प्रमुख , प्रमुख प्रशासकिय अधिकृत संजिव कुमार साह र केही वडा अध्यक्षहरु मिलिजुली करिव रु.५ करोड भन्दा वदि भ्रष्टाचार गरेको भनेर मुद्दामा उल्लेख छ ।
साहले अन्य विभिन्न शिर्षकमा भएको भ्रष्टाचारको प्रमाण सहित मुद्दा दायर गरेका छन् । उनले पोखरी, मोटरसाईकल, योजनाहरु अपडेट नभएको, सुराकी राखेको सबै विस्तृत खुलाएर मुद्दा दायर गरेका छन् ।
यस सन्दर्भमा, नगरपालिकाका अधिकृत साहले त्यस्तो केही पनि नरहेको बताए । श्रीमतिको नाममा मोटरसाईकल गरेको तथ्यलाई खण्डन गर्दै उनले भने,–“१० वटा मोटरसाईकल किन्दा कुन ठाउँमा एउटा फ्रि दिन्छ ? बताईदिनुस न ?, मलाई त थाहा छैन की एउटा फ्रि मै दिन्छ ।”
उनले अख्तियारमा मुद्दा हालेको सन्दर्भमा सबैको आफ्नो आफ्नो स्वतन्त्रता रहेकोले मुद्दा हाल्न पाउने अधिकार प्रयोग गर्दा आफूलाई कुनै आपत्ति नभएको बताए ।
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

देश काल
देश काल

देश काल

देश काल
९ घण्टा अगाडि
गोरखामा बूढीगण्डकीको भीषण बाढी, ३५ घर बगे, तटीय बस्तीका बासिन्दामा त्राहिमाम२२ घण्टा अगाडि
जनकपुरमा ई–रिक्सासहित करिब ९ लाखको इलेक्ट्रोनिक्स सामान बरामद१ दिन अगाडि
जंतरमन्तर जान लागेका पूर्व मुख्यमन्त्री एवम् आम जनता पार्टीका सँयोजक अरविन्द केजरीवाल पक्राउ१ दिन अगाडि
जनकपुरमा युवक हत्या प्रकरणः गुण्डासहित उनको आमाबुवामाथि समेत कर्तव्य ज्यानमा जाहेरी१ दिन अगाडि
दिल्लीमा प्रदर्शनअघि सीजेपीका संस्थापक अभिजीत दीपके पनि हिरासतमा१ दिन अगाडि
दिल्लीमा CJP प्रदर्शनअघि युट्युबर ध्रुव राठी गुरुग्रामबाट हिरासतमाव्यङ्ग्यात्मक कार्टुन
२०८३ असोज २४ शनिबार
ओ ! ब्रो !!
असोज २०८३
आइतबार · प्रतिपदा
तस्बिर: Mithunkunwar9 / Wikimedia Commons / CC BY-SA 4.0आइतबार · प्रतिपदा
घटस्थापना, नवरात्र (दशैँ) आरम्भ
घटस्थापना, जसलाई नवरात्रको पहिलो दिनको रूपमा पनि चिनिन्छ, दसैं पर्वको आरम्भ गर्ने विशेष अवसर हो। यस दिन देवी दुर्गाको पूजा आरम्भ गरिन्छ र घट (सधैं) राख्ने अनुष्ठान गरिन्छ। यस अवसरमा श्रद्धालुहरू चाकु वा चाँदीको घटमा दुर्गामाता को चिन्हको साथ चामल राखेर पूजा गर्छन् र चन्द्रमा ग्रहण गर्ने आशासहित ९ दिनको उपवास तथा पूजा आरम्भ गर्छन्। दसैं चाडको यो आरम्भ जस्तो महत्व राख्छ, त्यसैले हरेक वर्ष भक्तजनहरूले यसलाई आस्था र श्रद्धाका साथ मनाउँछन्।
थप पढ्नुहोस्आउँदै गरेका पर्व
२०८३ असोज २४ शनिबार
मेषAries
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
घरको कुनै कुनामा परिवर्तन गर्दा वातावरण नै फरक महसुस हुनेछ। परिवारसँग मिलेर गरेको कामले आपसी निकटता बढाउनेछ। संगीत, प्रकृति वा शान्त वातावरणमा बिताएको समयले मनलाई स्फूर्ति दिनेछ। आजको शुभ रंग हल्का सुनौलो हो भने शुभ अंक २ रहेको छ।
टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…