सरुवा भएपछि रिसले चुर भए एसपी पाण्डे, नेता यादवको घर पसेर ताने बन्दुक
आईतबार अबेर साँझ सिरहाका निवर्तमान एसपी हिरा बहादुर पाण्डेको सरुवा भएको थियो ।

२०७८ पुस १९ सोमबार, बिहान ११:४९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहा जिल्लाका निवर्तमान एसपी (प्रहरी उपरीक्षक) हिरा बहादुर पाण्डेले नेपाली काँग्रेसका एक नेतालाई घर पसी ज्यान मार्ने प्रयास गरेको आरोप लगाइएको छ ।
सिरहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर १० बस्ने नेपाली काँग्रेसका सिरहा जिल्ला सभापति रामचन्द्र यादवलाई गएराती बन्दुक तानेर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएको छ ।
जिल्ला प्रहरी कार्यालय सिरहामा पुगेर नेता यादवले आफूलाई हिरा बहादुर पाण्डेले राती घर पसेर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएका छन् ।
आईतबार अबेर साँझ सिरहाका निवर्तमान एसपी हिरा बहादुर पाण्डेको सरुवा भएको थियो । उनको सरुवापछि आक्रोसित भएका एसपी पाण्डेले यादवले नै सरुवा गराएको भन्दै बन्दुक लिएर ज्यान मार्ने प्रयास गरेको आरोप लगाएको छ ।
सो सन्दर्भमा अनुसन्धानको क्रममा अहिले प्रदेश नम्बर २ का डिआईजी उमेश रँजीतकार सिरहा पुगेका छन् । जिल्ला प्रशासनको टोली र डिआईजीको टोली अहिले सिरहा पुगेको छ ।
सो क्रममा नेता यादवले डिआईजीले उनलाई निलम्बन गर्ने प्रतिक्रिया दिएको बताएका छन् । न्यूज ब्यूरोसँगको सँक्षिप्त कुराकानीको क्रममा नेता यादवले उनलाई विभागीय कारवाहीको लागि तीन दिनको समय मागेको बताए ।
प्रहरीले विभागीय कारवाही नगरे नेपाली काँग्रेसको तर्फबाट प्रहरी विरुद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । उनले आफूलाई एसपी पाण्डेले ज्यान मार्न आएको बताए ।
यता, सिरहामा पाण्डेको ठाउँमा अर्जुन तिमिल्सीना आएका छन् । हिरा बहादुर पाण्डे सिरहामा हुँदा उनीमाथि कैयौँ पटक आर्थिक लाभको आरोप लागेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…