भोली सार्वजनिक विदा दिने निर्णय
सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ।

२०७८ पुस १४ बुधबार, बेलुकी ५:५५ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले भोली (विहिबार) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
गृहमन्त्री बालकृष्ण खाँणको प्रस्तावमा तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।
सरकारको निर्णयसँगै सरकारी र विदेशस्थित कूटनीतिक नियोगका कार्यालयहरु बन्द रहनेछ।
गुरुँग समुदायले मनाउने तमु ल्होसारको अवसरमा विहिबार एक दिने सार्वजनिक विदा दिने निर्णय गरिएको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…