Toothpaste को प्याकमा लागेको फरक- फरक रँगको अर्थ के ? कुन प्रयोग गर्ने ?
असलमा, तुथपेष्टको ट्युबमा बनेको फरक फरक रँगको पट्टी मानवको लागि बेकार र निरर्थक हो । यो रँग मात्र ट्युब बनाउने मेसिनमा लागेको लाईट सेँसरको मात्र सँकेत दिन्छ । यसले तुथपेष्टको गुणस्तरीयतालाई देखाउँदैन ।

२०७८ पुस १२ सोमबार, बिहान ९:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुधाम । हामी हरेक दिन दन्तमँजन (तुथपेस्ट) को प्रयोग गर्छौ । तर, योसँग जोडिएको कैयौँ यस्तो जानकारी छ जसको बारेमा हामीलाई पनि थाहा छैन ।
जसरी की तुथपेस्टको टयूब (डिब्बा) मा बनेको फरक फरक रँगको पट्टी पनि हो । रातो, हरियो, कालो र निलो रँगले बनेको यो पट्टिको मतलब शायदै तपाईलाई थाहा हुन सक्छ ।
असलमा समाजिक सँजालमा यस्तो बताइन्छ की तुथपेस्टको टयुब उपर बनेको निलो पट्टी (कलर) को मतलब औषधीयुक्त तुथपेष्ट मानिन्छ । हरियो पट्टी लागेको डिब्बा भनेको पुरै प्रकृति (नेचुरल) हुन्छ ।
यस्तै, रातो पट्टीको अर्थ प्राकृतिक र केमिकलको मिश्रण भन्छ भने कालो पटट्ीको अर्थ पुरै केमिकल । यद्यपी, यो जानकारीलाई जानकारहरुले गलत मानेको छ । टुयबमा लागेको रँगको आधारमा त्यस्तो केही नभएको बताईन्छ ।
समाजिक सँजालमा अफवाह पनि छ की कालो पटिट् भएको तुथपेष्टमा अधिक केमिकल हुन्छ । यसको प्रयोग हानी हुन्छ यसको प्रयोग गर्नुहुँदैन भनेर गलत प्रचारवाजी गरिएको पाईएको छ ।
यस्तै, रातो रँग भएको पट्टीबाला ट्युबको तुथपेस्टलाई पनि केमिकल भएको मानिन्छ । तर, यसको प्रयोग कालो पट्टि भन्दा केही हदसम्म राम्रो मानिएको छ । ईन्टरनेटमा मात्र हरियो रँग र निलो रँग पटट्ी भएको तुथपेष्ट प्रयोग गर्न सल्लाह दिएको पाईन्छ, जो की सरासर गलत हो ।
कुनै पनि कम्पनीले कुनै प्रोडक्ट बनाउँदा गुणस्तरीय विभागबाट जाँच गरिन्छ । जाँच गरेपछि मात्र बजारमा ल्याउन दिन्छ । यो रँगबाला पट्टीको अफवाहलाई नमान्न अनुरोध गरिएको छ ।
साइंटिफिक अमेरिकन नामक एक वेबसाइटको अनुसार, सँसारमा जे छ त्यो टेक्नीकली रुपमा केमिकल हो । यहाँसम्म की सबै प्राकृतिक वस्तु पनि एक प्रकारको केमिकल हुन्छ । यस्तोमा केमिकल वा बिना केमिकलबाला उत्पादनमा सबाल नै उठदैनन् ।
असलमा, तुथपेष्टको ट्युबमा बनेको फरक फरक रँगको पट्टी मानवको लागि बेकार र निरर्थक हो । यो रँग मात्र ट्युब बनाउने मेसिनमा लागेको लाईट सेँसरको मात्र सँकेत दिन्छ । यसले तुथपेष्टको गुणस्तरीयतालाई देखाउँदैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक
न्यूज ब्यूरो, डेस्क
न्यूज ब्यूरो, संवाददाता
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…