उपमेयरले श्रीमानलाई बोलाएर वडा समिति कुटे
चन्दन रौनियार || सुनसरी, ९ चैत्त । सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफनै वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन । स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजक समेत रहने उपमेयर साहले दुहबी नगरपालिका ५ नं वडाका वडा अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन । ५ नं वडामा रहेको सर

२०७४ चैत ९ शुक्रबार, राति ८:४२ बजे२ मिनेट पढाइ

चन्दन रौनियार ||
सुनसरी, ९ चैत्त । सुनसरीको दुहबी नगरपालिकाकी उपमेयर सुनिता दाहाल साहले आफनै वडा अध्यक्ष र सदस्यमाथि कुटपिट गरेकी छिन ।
स्थानीयस्तरका विवाद मिलाउने न्यायिक समितिका संयोजक समेत रहने उपमेयर साहले दुहबी नगरपालिका ५ नं वडाका वडा अध्यक्ष तथा सदस्यलाई कुटपिट गरेकी हुन ।
५ नं वडामा रहेको सरस्वती उच्च मा।बि खेल मैदानको निर्माण सम्बन्धि अनुगमनको लागी नगरपालिका पुगेका वडा अध्यक्ष रमेश रौनियार र सदस्य कृष्ण तामाङलाई नगरपालिका प्रागणमै कुटपिट भएको थियो ।
यसरी कुटे श्रीमान श्रीमति मिलेर, हेर्नुहोस भिडियो ।
खेल मैदानको निर्माण सम्पन्न भइसकेको र अनुगमन गरेर बजेट फर्सोटको प्रकृया शुरु गरिदिन भनेपछि दुवै पक्ष बिच शुरुमा बिवाद उत्पन्न भएको थियो ।
पछि उपमेयर साहले आफनो श्रीमान सुनिल साह बोलाएर आफुहरुलाई कुटपिट गरेको वडा सदस्य तामाङको भनाई छ ।
निर्माणको काम ५ दिन अगावै सम्पन्न भइसकेको अबस्थामा ठेकेदारलाई रकम दिनु पर्ने भएकाले उपमेयरलाई चाडो अनुगमन गरी बजेट फर्सोटको माग गरेको बिषयमा आफुलाई उपमेयर साहले कार्यकक्षाबाट ‘गेट आउट’ भन्दै बाहिर निकाले पछि यस्ता परिस्थति बनेको उनले बताए ।
अभद्रा व्यवहार गदै श्रीमानलाई बोलाएर कुटपिट गरिएको तामाङको दाबी छ ।
निर्माण सम्बन्धिको फायल समेत उपमेयरले नियन्त्रणमा लिइ बिकास निर्माणको कामलाई रोकेको वडा अध्यक्ष रमेश रौनियाले बताए ।
सम्पन्न भइसकेको कामको तत्काल अनुगमन गर्नु पर्ने भएपनि उपमेयर साहले फायल राखेर अनुगमन नगरेको र समय छैन भनि पटक पटक वास्ता नगरेपछि आफुहरु कुरा बुझन नगरपालिका पुगेको वडा अध्यक्ष रौनियारको भनाई छ ।
कुटपिट पछि आक्रोशित सर्वसाधरणले दुहबी नगरपालिका दिनभर घेराउ गरेका थिए । न्यायिक समितिका संयोजक समेत रहने उपमेयरले आफनै जनप्रतिनिधिलाई कुटपिट गरेको बिरोधमा उनलाई कानुनि दायरामा ल्यान समेत माग गरिएको छ ।
दिनभर उपमेयर बिरुद्ध प्रदर्शन बढेपछि प्रहरी परिचालन गरीएको थियो ।
उपमेयर साहलाई कानुनी दायरामा नल्याए सम्म नगरापलिकाको कामकाज ठप्प पार्ने वडा सदस्य तामाङको भनाई छ ।
कुटपिट भएपछि पिडित पक्ष र मेयर बिच छलफल भएपनि कुनै सहमति हुन सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…