प्याबसन सिरहाको अध्यक्षमा चौधरी
सुत्र अनुसार हाल रहेको ९ सदस्य कार्यसमितिलाई पछि १ बढाई पुर्णता दिने बताईएको छ ।

२०७८ पुस १० शनिबार, राति ९:२४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । निजि तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन सिरहाको अध्यक्षमा उमेश चौधरी निर्वाचित भएका छन् ।
चुनावी माहौललाई सहमतिको धारमा ल्याउन सफल चौधरी निर्विरोध निर्वाचित भएको हो।
लाहान स्थित रौनियार सेवा सदनमा पुस ९ गते शुक्रवार भएको प्याव्सनको ८ औं जिल्ला अधिवेशनबाट अध्यक्षमा उमेश चौधरी,वरिष्ठ उपाध्यक्षमा उमेश कुमार यादव, उपाध्यक्षमा रिता कुमारी साह, सचिवमा सुरेश साह, सहसचिवमा सुशील कुमार यादव निवास चयन भएका छन् ।
यस्तै, कोषाध्यक्षमा धगेद्र योञ्जन र सह–कोषाध्यक्षमा उमेश कुमार यादव, सदस्यमा ताराकान्त चौधरी, अर्का सदस्यमा विजय यादव चयन भएका छन् ।
सुत्र अनुसार हाल रहेको ९ सदस्य कार्यसमितिलाई पछि १ बढाई पुर्णता दिने बताईएको छ । अध्यक्ष चौधरी लाहान प्यारागन स्कुलका संस्थापक एवं पृन्सीपल हुन ।
सिटी जेसिज लाहानका पुर्व अध्यक्ष समेत रहेका उमेश चौधरी नेतृत्वको सवालमा सबल रहेको श्री शारदा नमुना एकेडेमीका संचालक हृदयनारायण चौधरीको दावी रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…