काँग्रेसको प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी
उनले १ सय ४० मतान्तरले राम सरोजलाई पराजित गरेको हो । औपचारिक घोषणा हुन भने वाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।

२०७८ पुस ९ शुक्रबार, बिहान ६:५२ बजे१ मिनेट पढाइ

विनय कु. यादव जनकपुरधाम । नेपाली काँग्रेसको जारी १४ औँ महाधिवेशन अन्तर्गत जारी रहेको प्रदेश नम्बर २ को प्रथम महाधिवेशनमा सभापतिमा कृष्ण यादव विजयी भएका छन् ।
प्रदेश नम्बर २ को सभापतिको लागि उम्मेदवारी दिएका देउवा पक्षका कृष्ण यादव र बिमलेन्द्र नीधि पक्षका राम सरोज यादवमध्येको सभापति मतगणना अनुसार कृष्ण यादव १४१ मतले विजयी भएका हुन् ।
विहिबार दिउँसोदेखि सुरु भएको मतदान अबेरसम्म खसेको थियो । प्रदेश नम्बर २ को लागि कुल मतदाता १ हजार ९ सय ३८ रहेकोमा कुल मत १ हजार ८ सय ८१ मत खसेको थियो ।
शुक्रबार बिहानसम्म कुल खसेको मतमध्ये कृष्ण यादवले विहान ६ः३० बजेसम्म अग्रता कायमै राखेका थिए । निर्वाचन अधिकृतका अनुसार, कृष्ण यादव १४१ मतले विजयी भएका हुन् ।
नेपाली कांग्रेस प्रदेश २ को पहिलो अधिवेशनका क्रममा नेतृत्व चयनका लागि भएको मतदानमा पार्टीका वर्तमान संसदिय दलको नेता राम सरोज यादवलाई पराजित गर्दै रौतहटका सभापती कृष्ण प्रसाद यादव विजयी भएका छन् ।
उनले १ सय ४० मतान्तरले राम सरोजलाई पराजित गरेको हो । औपचारिक घोषणा हुन भने वाँकी छ । पहिलो प्रदेश कार्यसमिति चयनका लागि विहिवार विहान ९ बजेर ४० मिनेटबाट राती ८ बजे सम्म मतदान भएको थियो । मतदानमा १९ सय ३८ मतदाता मध्ये १८ सय ८१ म्त खसेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…