जेसीज राष्ट्रिय उपाध्यक्ष साहलाई नेता साहको सम्मान
सम्मान तथा बधाई कार्यक्रम लोसपा प्रदेश नम्बर २ को प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साह, युवा नेता प्रमोद यादव ,प्रशान्त झा ,राम चन्द्रर पजियार,जेसी मुकेश साह लगायतको बिशेष उपस्थिति रहेको थियो ।

२०७८ पुस ८ बिहीबार, बिहान ९:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेता सँजय कुमार साहले जेसिजका राष्ट्रिय उपाध्यक्ष मनोज कुमार साहलाई सम्मान गरेका छन् ।
जेसिज जस्तो सँस्थाको राष्ट्रिय उपाध्यक्ष जस्तो पदमा निर्वाचित भएपछि जेसी मनोज साहलाई नेता साहले सम्मान गरेका हुन् । उनले तराई मधेशबाट प्रतिनीधित्व गरेको भन्दै सम्मान गरेको हो ।
जनकपुर जेसिज २०२१ का अध्यक्ष समेत रहेका जेसी साह नेपाल जेसिजको २०२२ वर्षको नेतृत्व चयनका लागि गण्डकी प्रदेशको पोखरामा भएको
जेसीजको ४८ औ राष्ट्रिय महाधिवेशनबाट वर्ष २०२२ का लागि १२ जना राष्ट्रिय उपाध्यक्ष निर्वाचित भएकोमा जनकपुरका साहले तेस्रो स्थान ल्याएपछि उनलाई सम्मान गरिएको छ ।
सम्मान तथा बधाई कार्यक्रम लोसपा प्रदेश नम्बर २ को प्रमुख सचेतक तथा धनुषा जिल्ला अध्यक्ष प्रमेश्वर साह, युवा नेता प्रमोद यादव ,प्रशान्त झा ,राम चन्द्रर पजियार,जेसी मुकेश साह लगायतको बिशेष उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…