सिरहाको यी टोल पूर्ण सरसफाई र स्वच्छ उन्मुख टोल घोषणा
सबल नेपालका कर्मचारी सिरहा नगरपालिका वडा नम्बर ५ का वास मेन्टर पुजा यादवको अथक प्रयास पछी उक्त वार्ड पुर्न सरसफाई स्वच्छता उन्मुख टोल घोषणा भएका थिए ।

२०७८ पुस ६ मंगलबार, बेलुकी ५:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा। सिरहाको एक टोललाइ पूर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको छ ।
आइतबार एक कार्यक्रमको आयोजना गरेर सिरहा नगरपालिका वडा नं। ५ को खरसलवा कुटी टोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको हो ।
पुर्ण सरसफाई स्वच्छता उन्मुखका लागि सवै सूचकहरु पुरा गरेपछि खरसलवा कुटी टोललाई पुर्ण सरसफाई स्वच्छता उन्मुख टोल घोषणा गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथि सिरहा नगरपालिकाका मेयर अशेश्वर प्रसाद यादवले आफनो नगरमा पहिलो नमुना नगरको रुपमा घोषणा गरेको भन्दै नगरलाई पुर्ण सरसफाई स्वच्छतायुक्त वडा घोषाणा गरिने बताए ।
उनले आफनो नगरलाई पुर्ण सरसफाई युक्त नगरको मात्र नभई युद्ध पर्यटकीय स्थलको रुपमा आफुले विकास गर्न चाहेको बताए । यसका लागि सवैसंग समन्वय र सहकार्य गरेर जाने यादवले प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा सिरहा गरपालिका ५ का वडाध्यक्ष सुरेन्द्र यादवले घोषणा गरेरमात्र गाउँ सफा नरहने भएकोले सँधै सरसफाईमा ध्यान दिन आग्रह गरेका थिए ।
सबल नेपालका कर्मचारी सिरहा नगरपालिका वडा नम्बर ५ का वास मेन्टर पुजा यादवको अथक प्रयास पछी उक्त वार्ड पुर्न सरसफाई स्वच्छता उन्मुख टोल घोषणा भएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…