युवाहरुले नगरभित्रै रोजगारी सृजना गर्न सक्नुपर्छः मेयर बरबरिया
कार्यक्रमको अध्यक्षता गर्दै यादवले वैदेशिक रोजगारीमा जाने व्यक्तिले कम्तीमा आफ्नो परिवारलाई सबै कागजातहरुको जिम्मा लगाएर जानुपर्ने धारणा राखे । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो । सो क्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित बनाउको ला

२०७८ पुस ३ शनिबार, बेलुकी ५:१६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरभित्रै यहाँका युवाहरुले रोजगारी सृजना गर्न सक्नुपर्ने भन्दै नगरपालिका हरेक तवरबाट तयार रहेको बताएका छन् ।
शुक्रबार शहिदनगर नगरपालिका वडा नम्बर ३ यदुकुहाको झण्डाचोकमा आयोजना गरिएको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवसको क्रममा बोल्दै मेयर बरबरियाले वैदेशिक रोजगारीले देशमा रेमिट्यान्स बढाएपनि परिवारीक समस्या पनि उत्तिकै थपेको जिकिर गरे ।
उनले भने, –“वैदेशिक रोजगारी रहर होईन, बाध्यता हो । स्थानीय स्तरमै परिवार पाल्ने गरी सीपमुलक काम र अन्यलाई पनि रोजगारी दिने गरी कार्यको थालनी यहीका युवाहरुले सोंच बनाउनुपर्छ । रोजगारी भन्ने वित्तिकै नगरपालिकाले नै सबैलाई रोजगारी दिन सम्भवन पनि छैन, तर, युवाहरुले त्यही अनुरुप सोंच बनाएर आफ्नो बिजनेस खडा गरेको उदाहरण पनि धेरै छ ।”
उनले अब आफनैं स्वदेशमा रोजगारीका लागी यस नगरपालिकाले कार्य थालनी गरिसकेको बताए । उनले चाँडै नै नगरपालिकामा रोजगारका लागी वातारण सृजना उनले प्रतिवद्धता पनि जाहेर गरे ।
बहुउद्देश्य सहकारी संस्था लिमिटेड यदुकहा आयोजना गरेको अन्तराष्ट्रिय आप्रवासी कामदार दिवस २०२१ को लागि अध्यक्ष विवेक यादवले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनको लागि त्यस सम्बन्धी शिक्षाको आवश्यकता रहेको बताए ।
कार्यक्रमको अध्यक्षता गर्दै यादवले वैदेशिक रोजगारीमा जाने व्यक्तिले कम्तीमा आफ्नो परिवारलाई सबै कागजातहरुको जिम्मा लगाएर जानुपर्ने धारणा राखे । बैदेशिक रोजगारीको सिलसिलामा प्रवासमा रहेकाहरुको सम्झना स्वरुप मैनबत्ती बालेर दिवस मनाइएको हो ।
सो क्रममा उनले वैदेशिक रोजगारलाई सुरक्षित ,मर्यादित बनाउको लागि नाउन परिवार र रोजगारीमा गएका व्यक्तिको महत्वपुर्ण भूमिका रहेको बताए ।
बैदेशिक रोजगारीमा सकेसम्म नजाने, जाने नै भए ज्ञान, सीप, टेक्नीक सिकेर मात्रै विदेश जानुपर्ने शिक्षा सवैमा हुन जरुरी रहेको अध्यक्ष विवेक यादवले थपे ।
उनले विदेशमा रहेका नेपालीहरुको भविष्य बालिएको मैनबत्ती झै विदेशमा रहेकाहरुले कमाएर पठाएको पैसालाई सबैले उचित तवरले प्रयोग गर्न सिक्नुपर्ने बताए ।
परियोजनाले बैदेशिक रोजगारीमा गएकाहरु परिवारको सम्पर्कभन्दा बाहिर भए सूचना केन्द्रमा आएर परामर्श लिन समेत आग्रह गरेको छ ।
धनुषा जिल्लामै धनुषाको शहिदनगरमा भव्यताका साथ अन्तराष्ट्रिय आप्रवासी दिवस मनाएको हो । सो क्रममा नगरभरिको महिलाहरु सहित सहकारीसँग आवद्ध सदस्यहरुको मोटो उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…