कमला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा ठाकुर हाजिर
कमला नगरपालिका गठन भएदेखि यसपाली मात्र समयमा नगर सभा सम्पन्न हुन सकेको हो । विकास निर्माणको कार्यहरु अग्रसर रहेको बेला नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कर्मचारी, जनप्रतिनीधि सहित आम नागरिकमा समेत उनको कार्यशैली, कार्य सम्पादनबारे जिज्ञासा उठेको छ ।

२०७८ मंसिर २३ बिहीबार, बेलुकी ६:४२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा सुबोध ठाकुर हाजिर भएका छन् ।
विहिबार उनी कमला नगरपालिकाको कार्यालय पुगेर हाजिर भएका हुन् । नगरपालिकाका कर्मचारी एवम् केही जनप्रतिनीधिहरुको रोहबरमा ठाकुर विहिबार नै हाजिर भएका छन् ।
संघीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले ठाकुरलाई कमला नगरपालिकामा सरुवा गरेपछि उनी विहिबार हाजिर भएका हुन् । कमला नगरपालिकाकी उपमेयर शिला देवी मण्डलको विशेष रोहबरमा उनी हाजिर भएका हुन् ।
कमला नगरपालिकाका नगर प्रमुख राम उदगार गोईतको गैर उपस्थितिमा ठाकुर प्रमुख प्रशासकीय अधिकृतको रुपमा कर्मचारीहरुको रोहबरमै हाजिर भएका हुन् ।
यसका साथै, वडा नम्बर १ का वडाध्यक्ष राजकुमार यादव, वडा नम्बर २ का वडाध्यक्ष धनेश्वर यादव, वडा नम्बर ३ का वडाध्यक्ष विशेश्वर यादव, वडा नम्बर ८ का वडाध्यक्ष राजेश्वर मरिक यादव, युवा नेता सरोज कुमार मरिक यादवको उपस्थितिमा विहिबार दिउँसो हाजिर भएका हुन् ।
सो क्रममा विनोद महरा, रामजीवन यादव, राम परीक्षण पासवान, राजोदेवी दास सहित कार्यपालिका सदस्यहरुले अधिकृत ठाकुरलाई स्वागत गरेका थिए ।
दिउँसो करिब १ः३० बजेको समयमा मुचुल्का उठाएर हाजिर भएका हुन् । निमित्त प्रमुख प्रशासकीय अधिकृत बीरेन्द्र कुमार सढान काम विशेषले बाहिर रहेको बेला उनी कर्मचारी र जनप्रतिनीधिबीच मुचुल्का उठाएर नयाँ रजिष्टर खडा गरी हाजिर भएका हुन् ।
नगरपालिका मेयर गोईत समेत काम विशेषले बाहिर हुँदा ठाकुर हाजिर भएका हुन् । सो सन्दर्भमा ठाकुरले आफू प्रशासनीक कार्य भएर हाजिर भएको बताएका छन् ।
उनले भने, –“मेयर साहब काम विशेषले बाहिर हुँदा र मन्त्रालयबाट चिठ्ठी आएपछि हाजिर भएको छु । मेयर साहब हुँदा वेश हुन्थ्यो, तर प्रशासनीक कार्य र प्रशासन प्रमुखको हैसियतले नै हाजिर भएको छु ।”

उनलाई हाजिर गराउन उपमेयर शिला देवी मण्डलले प्रत्यक्ष भूमिका निर्वाह गरेकी थिइन् । यसका साथै, चार वडाका वडाध्यक्षहरुले समेत सक्रिय भूमिका निर्वाह गरेका थिए ।
कमला नगरपालिका गठन भएदेखि यसपाली मात्र समयमा नगर सभा सम्पन्न हुन सकेको हो । विकास निर्माणको कार्यहरु अग्रसर रहेको बेला नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर हुँदा कर्मचारी, जनप्रतिनीधि सहित आम नागरिकमा समेत उनको कार्यशैली, कार्य सम्पादनबारे जिज्ञासा उठेको छ ।
हाजिरपछि अनौपचारिक रुपमा वडाध्यक्षहरु, कर्मचारीहरुले ठाकुरलाई स्वागत कार्यक्रम राखेको थियो । हाजिर भएपछि उनलाई अबिरमाला, खादा लगाएर उनलाई सम्मान समेत गरिएको हो ।
सो क्रममा अधिकृत ठाकुरले कमला नगरपालिकाको जनप्रतिनिधि, कर्मचारी र आम नागरिकलाई एकसाथ लिएर काम गर्ने बताए । उनले आफूप्रति कसैलाई द्धेष भाव भएपनि कुनै समस्या वा गुनासो भए सहमतिमा समन्वय गरी कार्य सम्पादन गर्ने प्रतिवद्धता जनाए ।
उनले यहाँका सम्पूर्ण जनप्रतिनीधि, कर्मचारीवर्ग, शिक्षक सहित नागरिकको जनभावना बमोजिम काम गर्ने वातावरण तयार पार्ने बताउँदै त्यसको लागि सबैको सहयोगको अपेक्षा समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…