सुबिसु केबलनेटले विवाहपँचमीमा तीनदिनसम्म निःशुल्क मास्क, पानी र औषधी वितरण गर्ने
सुबिसु केबलनेट जनकपुरसहित ग्रामिण भेकमा पनि सेवाग्राहीलाई ईन्टरनेट उपलब्ध गराउन सफल भएको छ । गाडी समेत चल्न नसक्ने ग्रामिण र पिछडिएको क्षेत्रमा पनि सुबिसु केबलनेटले आफ्नो सेवा विस्तार गरी डिजिटल नेपालको परिकल्पनालाई टेवा पुरयाउँदै आएको छ ।

२०७८ मंसिर २१ मंगलबार, बेलुकी ५:१३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ईन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले विवाहपँचमी महोत्सवलाई मध्यनजर गर्दै जनकपुरमा तीनदिनसम्म निःशुल्क हेल्पडेस्क सेवा सँचालन गर्ने भएको छ ।
मँगलबारदेखि नै सुबिसु केबलनेटको जनकपुर शाखाले विवाहपँचमी महोत्सवमा आउने श्रद्धालुहरुको लागि निःशुल्क मास्कको साथै पानी र औषधी समेत वितरण कार्य सुरु गरेको छ ।
सुबिसु केबलनेट लिमिटेडको लागि जनकपुरका शाखा प्रमुख (ब्रान्च मेनेजर) शम्भु झाका अनुसार, रामजानकी विवाह महोत्सवमा हजारौँ हजारको सँख्यामा देश विदेशबाट आउने श्रद्धालुहरुलाई सेवा स्वरुप निःशुल्क शिविर सँचालन गरिएको हो ।
जानकी मन्दिरको विवाहमण्डपदेखि उत्तर तथा जानकी प्रहरीचौकीको अगाडीमै सँचालन गरिएको शिविरमा कोरोनालाई मध्यनजर गर्दै निःशुल्क मास्क, ठाउँ ठाउँमा चापाकलको अभावलाई मध्यनगर गर्दै स्वस्थ्य पानी र भीडभाडमा हुने सक्ने शारिरीक समस्यालाई मध्यनजर गर्दै निःशुल्क औषधी समेत वितरण सुरु गरिएको छ ।

शाखा प्रमुख झाका अनुसार, जनकपुरको लागि गौरव र विशाल महोत्सवमा समाजलाई सेवा गर्ने मौका उपलब्ध भएको हो । ईन्टरनेट दुनियाँमा ग्राहकलाई सन्तुष्ट पारी प्रभावकारी सेवा प्रदान गर्दै आएको सुबिसु केबलनेटले श्रद्धालुहरुलाई समेत सेवा प्रदान गर्ने जनाएको छ ।
सुबिसु केबलनेट जनकपुरसहित ग्रामिण भेकमा पनि सेवाग्राहीलाई ईन्टरनेट उपलब्ध गराउन सफल भएको छ । गाडी समेत चल्न नसक्ने ग्रामिण र पिछडिएको क्षेत्रमा पनि सुबिसु केबलनेटले आफ्नो सेवा विस्तार गरी डिजिटल नेपालको परिकल्पनालाई टेवा पुरयाउँदै आएको छ ।
प्रविधिको युगमा सुबिसु केबलनेटले प्रविधिको मूलधारमा आम नागरिकलाई जुटाउन सहयोग गर्दै आइरहेको छ । सुबिसु केबलनेट ८० एमबिपिएससम्मको उच्च गतिको ईन्टरनेट उपलब्ध गराउँदै आएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…