१ क्वीन्टल डेढ किलो गाँजा सहित तीन जना पक्राउ
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहीनी कार्यालय बर्दिवास महोत्तरी खटिएको एकुवाड टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार राती ९ः३० बजेको समयमा उनीहरुलाई सो परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।

२०७८ मंसिर १८ शनिबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । सशस्त्र प्रहरीले भारी मात्रामा लागुऔषध सहित तीन जनालाई पक्राउ गर्न सफल भएको छ ।
प्रदेश नम्बर २ को महोत्तरी जिल्लास्थित गएराती ९ः३० बजेको समयमा १ क्वीन्टल डेढ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको हो ।
महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ बथनाहास्थित रहेको ईटा भ्टटको चौर नजिकबाट पोका बनाएर राखेको एक क्वीन्टल डेढ किलो गाँजा सहित तीन जनालाई पक्राउ गरेको जनाइएको छ ।
गाँजा लिएर जाँदै गरेको अवस्थामा महोत्तरीको एकडारा गाउँपालिका वडा नम्बर ५ बस्ने मनिष पासवानको छोरा बर्ष ३६ को रमेश पासवान, एकडारा गाउँपालिका वडा नम्बर ३ बस्ने सोनफी मण्डलको छोरा रामलखन मण्डल र जलेश्वर नगरपालिका वडा नम्बर ७ बस्ने जुनाल यादवको छोरा ५० को सुरशे यादवलाई पक्राउ गरिएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नम्बर २ छिन्नमस्ता बाहीनी कार्यालय बर्दिवास महोत्तरी खटिएको एकुवाड टोलीले गोप्य सूचनाको आधारमा शुक्रबार राती ९ः३० बजेको समयमा उनीहरुलाई सो परिमाणको गाँजा सहित पक्राउ गरेको हो ।
प्रदेश नम्बर २ का डिआईजी दिनेश ठाडा मगरको विशेष सूचनाको आधारमा सो परिणामको अवैद्य लागुऔषध गाँजा पक्राउ गर्न सशस्त्र प्रहरी सफल भएको हो ।
पक्राउ गरिएको गाँजा सहित तीनै जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीमा आवश्यक कारवाहीको लागि पठाएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…