सिरहामा रगतको आवश्यकता परे सिरहा युवा सँजाल तत्पतर छः अध्यक्ष राय
भगवानपुरगाउँ पालिका वडा नम्बर ३ घर भइ मिर्चैया नगरपालिकामा प्रशासन शाखामा कार्यरत श्रवण महतोले ७ औं पटक रक्तदान गरी यादवलाई जीवनदान दिएको बताइएको छ । लहान रेडक्रसमा समेत रगत अभाव भएको बेला महतोले आफ्नो रगत दिएर विरामी बचाएका हुन् ।

२०७८ मंसिर १२ आइतबार, बेलुकी ७:३६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहास्थित रहेको सिरहा युवा सँजालले रगत अभावलाई न्यून गर्ने कार्यमा निरन्तर सक्रिय रहेको छ ।
सिरहा युवा सँजालका अध्यक्ष नागेश्वर रायले सिरहा जिल्लाभरिमै परेको बेला सिरहा युवा सँजालले रगतको जोहो गरेको बताएका छन् ।
रगतको आवश्यकता भएको बेला रायलाई फोन आउँदा उनी तत्कालै रगतको जोहो गर्न व्यस्त हुन्छन् । सँजालका पदाधिकारी सहित अन्य व्यक्तिबाट पनि रगत दिन उत्प्रेरित गर्दै उनले रक्तदानको लागि गाउँस्तरमै जनचेतना फैलाउनु आवश्यकता रहेको बताए ।
शुक्रबार एक विरामीलाई रगतको अभाव भएपछि रेडक्रसले समेत उपलब्ध नगराउँदा रायले रगतको जोहो गरेपछि विरामी पक्षले उनको प्रशँसा गरे । रगत अभावमा उपचार प्रभावित भइरहेको अवस्थामा रायकै सक्रियतामा रगत उपलब्ध भएपछि विरामी परिवारले उनको प्रशँसा गरे ।
सिरहाको एक पोलिक्लिनीमा एक कर्जन्हा नगरपालिका वडा नम्बर २ पानबारी बस्ने कमल यादवलाई रगत अभावको बेला रायकै सक्रियतामा एक कर्मचारीले रगत सहयोग गरेको थियो । त्यसको लागी रायले नै उनलाई रगतको लागि आग्रह गरेका थिए ।
भगवानपुरगाउँ पालिका वडा नम्बर ३ घर भइ मिर्चैया नगरपालिकामा प्रशासन शाखामा कार्यरत श्रवण महतोले ७ औं पटक रक्तदान गरी यादवलाई जीवनदान दिएको बताइएको छ । लहान रेडक्रसमा समेत रगत अभाव भएको बेला महतोले आफ्नो रगत दिएर विरामी बचाएका हुन् ।
न्यूज ब्यूरोसँग कुराकानी गर्दै सिरहा युवा सँजालका अध्यक्ष रायले सिरहा जिल्लामा कुनै अस्पतालमा रगतको अभाव महसुस भएको बेला आफूलाई सम्पर्क गर्न आग्रह पनि गरे । उनले ४५ किलो माथि तौल भएको स्वस्थ्य व्यक्तिले रक्तदान गर्न आग्रह समेत गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…