माओवादी केन्द्रको गणेशमान चारनाथको नगर सभापतिमा यादव निर्विरोध
सो कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोन महरा लगायतको उपस्थिति रहेको थियो ।

२०७८ मंसिर १२ आइतबार, बेलुकी ६:१७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम। धनुषाको गणेशमान चारनाथ नगरपालिका नेकपा माओवादी केन्द्रको नगर अध्यक्षमा महेशलाल यादव चयन भएका छन् ।
शनिरबार सम्पन्न प्रथम अधिवेशनबाट युवा नेता यादवको अध्यक्षतामा ६४ सदस्य नगर कमिटी सर्वसहमतिबाट चयन गरिएको हो ।
कमिटिको बरिष्ठ उपाध्यक्षमा दुर्गाबहादुर मल्ल, उपाध्यक्ष दायाराम यादव, उपाध्यक्ष श्रीबिन्दु मास्के चयन भएका छन् ।
यस्तै सचिवमा कृष्णा राउत, सह सचिवमा मीनप्रसाद घिमिरे, कोषाध्यक्षमा विसुनदेव यादव छन् ।
अन्य सदस्यहरुसहित ६५ सदस्यीय नगर कमिटी सर्वसहमति रुपमा चयन गरिएको नगर अध्यक्षमा महेशलाल यादवले बताए । अध्यक्ष यादवले आउँदो स्थानीय तहको चुनाबमा गणेशमान चारनाथ नगरपालिकामा प्रमुख , उप प्रमुख वडा अध्यक्ष लाई निर्वाचित गराउने लक्ष्य रहेको उहाँको भनाइ थियोे
गणेशमान चारनाथ नगरपालिकामा नेकपा (माओवादी केन्द्र) कोसंगठन विस्तार हुँदै गएको समेत बताए ।
सो कार्यक्रममा माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा पूर्व मन्त्री मातृका प्रसाद यादवको प्रमुख आतिथ्यमा सम्पन्न नगरअधिवेशनमा विशिष्ट अतिथिमा शिक्षा तथा विज्ञान प्रविधि राज्यमन्त्री बोधमाया यादव, नेता रामसिंह यादव, धनुषा जिल्ला अध्यक्ष दीपक यादव, मानव अधिकारकर्मी विनोन महरा लगायतको उपस्थिति रहेको थियो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनुषा जिल्लाको अधिकांश नगरपालिकामा नगर सम्मेलनवाट निर्वाचित सम्पूर्ण पदाधिकारी तथा सदस्यहरुलाई जिल्ला सँयोजक दिपक यादवले बधाई समेत दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…