३० लाखमा शिव मन्दिर निर्माण हुँदै, मन्त्री साहले गरे शिलान्यास
नगरपालिकाको बजेट सहित प्रदेश सरकारले समेत अपुग रकम आगामी आर्थिक बर्षको बजेटमा उपलब्ध गराउने प्रतिवद्धता सहित मन्त्री साहले शिव मन्दिर शिलान्यास गरेको जसपाका प्रदेश सदस्य मुकेश यादवले जानकारी दिए ।

२०७८ मंसिर ९ बिहीबार, बिहान ११:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । ३० लाख रुपैयाँ लागतमा शिव मन्दिर निर्माणको लागि एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
महोत्तरी जिल्लाको बलबा नगरपालिका वडा नम्बर १० लेउरीस्थित बुधबार प्रदेश २ सरकारका अर्थमन्त्री शैलेन्द्र साहले शिलान्यास गरेका हुन् । बलवा नगरपालिकाको बजेट विनियोजन गरिएको ५ लाख रुपैयाँ कार्य सँचालन हुँदै ३० लाख रुपैयाँ अनुमानित लागत रहेको छ ।
शिव मन्दिर निर्माणको लागि बलबा नगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष महेन्द्र प्रसाद यादवले आफ्नो जग्गा दान गरेका हुन् । उनले आफ्नो १ कठ्ठा जग्गा शिव मन्दिर निर्माणको लागि दिएपछि नगरपालिकाले बजेट उपलब्ध गराएको हो ।
नगरपालिकाको बजेट सहित प्रदेश सरकारले समेत अपुग रकम आगामी आर्थिक बर्षको बजेटमा उपलब्ध गराउने प्रतिवद्धता सहित मन्त्री साहले शिव मन्दिर शिलान्यास गरेको जसपाका प्रदेश सदस्य मुकेश यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…