धनुषा प्रहरीद्धारा ११ वटा मोटरसाईकल पक्राउ 

२०७८ मङ्सिर ८ बुधबार
रति ८:२१ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले नेपाली नम्बर र भारतीय नम्बर प्लेटको ११ वटा मोटरसाईकल पक्राउ गरेको छ । 

बुधबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मुखियापट्टी मुसरनीया गाउँपालिकाको वडा नम्बर ६ बहेडाबेलास्थितबाट १२२५ किलो हरियो मटर सहित ११ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो । 

भारततर्फ ११ वटा मोटरसाईकलमा ४९ बोरा मटर भारत लैजाँदै गर्दा पक्राउ गरिएको हो । नेपालबाट भारत तर्फ अबैद्य रुपमा लैजाँदै गर्दा सो मटर सहित मोटरसाईकल पक्राउ गरेको हो । 

२५ किलोको ४९ वटा बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 33%
  • 0%

यसपालिको चुनावमा कुनै पनि हालतमा 'ब्याक' हुन्न, जित्छु पनि सहजै: डा. बिरेन्द्र महतो

  • २०७८ मङ्सिर ८ बुधबार

आसन्न प्रतिनिधि सभा र प्रदेश सभाको चुनावको मिति जति-जति नजिकिँदै छ । निर्वाचन क्षेत्रहरूमा नेताहरूको दौडाहा त्यति नै बाक्लिँदो छ । विभिन्न पार्टीका सम्भावित उम्मेदवारहरु गाउँ-गाउँ बस्ती-बस्ती चहारिरहेका छन् ।

पूरा पढ्नुहोस्

Bureau Menus