धनुषा प्रहरीद्धारा ११ वटा मोटरसाईकल पक्राउ
२५ किलोको ४९ वटा बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।

२०७८ मंसिर ८ बुधबार, राति ८:२१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले नेपाली नम्बर र भारतीय नम्बर प्लेटको ११ वटा मोटरसाईकल पक्राउ गरेको छ ।
बुधबार दिउँसो करिब २ बजेको समयमा धनुषाको मुखियापट्टी मुसरनीया गाउँपालिकाको वडा नम्बर ६ बहेडाबेलास्थितबाट १२२५ किलो हरियो मटर सहित ११ वटा मोटरसाईकल समेत नियन्त्रणमा लिएको हो ।
भारततर्फ ११ वटा मोटरसाईकलमा ४९ बोरा मटर भारत लैजाँदै गर्दा पक्राउ गरिएको हो । नेपालबाट भारत तर्फ अबैद्य रुपमा लैजाँदै गर्दा सो मटर सहित मोटरसाईकल पक्राउ गरेको हो ।
२५ किलोको ४९ वटा बोरा लैजाँदै गरेको अवस्थामा प्रहरीको गस्ती टोलीलाई देखेर चालकहरु फरार भएपछि प्रहरीले नियन्त्रणमा लिएर कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा ल्याएको जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…