सिरहा प्रहरीद्धारा २ कठ्ठामा लगाइएको गाँजाको बोट नष्ट
नेपालमा प्रतिबन्ध गरिएको लागू औषध गाँजा सार्वजनिक जग्गामै लगाएको सूचना पाएपछि डिएसपी दाहालले सशस्त्र प्रहरीसँग समन्वय गरी नष्ट गरेको हो ।

२०७८ मंसिर ८ बुधबार, राति ८:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले करिब २ कठ्ठा जमिनमा लगाएको लागु औषध गाँजा नष्ट गरेको छ । बुधबार प्रहरीले गाँजाको बोटहरु नष्ट गरेको हो ।
सिरहाको लहान नगरपालिका वडा नम्बर १६ स्थित सार्वजनिक जग्गाको करिब २ कठ्ठामा लगाएको गाँजा ईलाका प्रहरी कार्यालय लहान र सशस्त्र प्रहरी बलको सँयुक्त टोलीले नष्ट गरेको हो ।
गाँजाको बगान बस्ती नजिकै भएको सूचनाको आधारमा सशस्त्र प्रहरी र जनपद प्रहरीको सँयुक्त टोलीले हजारौँ बोट नष्ट गरेको हो ।
ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहाल र सशस्त्र प्रहरीका डिएसपी सुशिल श्रेष्ठको नेतृत्वमा गएको प्रहरी टोलीले गाँजा फडानी गरिदिएको हो ।
नेपालमा प्रतिबन्ध गरिएको लागू औषध गाँजा सार्वजनिक जग्गामै लगाएको सूचना पाएपछि डिएसपी दाहालले सशस्त्र प्रहरीसँग समन्वय गरी नष्ट गरेको हो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…