सिरहाको एक गार्मेन्टमा लाखौको चोरी, प्रहरीमाथि नै शंका

केहि दिन पहिला नयाँ बनेको भेटरीनरी अफिसबाट कम्पयुटर लगायतका सामग्रीहरु चोरी भएको थियो ।

२०७८ मङ्सिर ६ सोमबार
बिहान ११:०८ बजे
सबिन यादव

न्यूज ब्यूरो, सिरहा । प्रदेश नम्बर २ को सिरहाजिल्लास्थित एक गार्मेन्ट (कपडा पसल) मा लाखौँ रुपैयाँ मूल्य बराबरको चोरी भएको छ । 

सिरहाको बिष्णुपुर बजारमा केहिदिन यतादेखी पटक पटक चोरी घटनाले असुरक्षित बन्दै गइरहेको छ । मुख्य राजमार्गको छेउमै रहेको सिद्धी बिनायक गार्मेन्टमा शनिबार साझ लाखौंको समान चोरी भएको छ ।
 
गार्मेन्टका सन्चालक दिपेन्द्र कुमार सिंह साझको ८ बजे समयमा गार्मेन्ट बन्द गरेर घरतिर खाना खान गएको मौका छोपी चोरी गरेका छन । 

गार्मेन्टबाट १ लाख नगद सहित २.५ तोलाको सुन,क्यामरा र मोबाइल चोरी भएको प्रहरिले जनाएको छ । 

घटनाबारे बुझन जादा ईलाका प्रहरि कार्यालय  बिष्णुपुरका इन्चार्ज प्रकाश खडका साझमा घटना भयो बिहान छुट्टी लिएर काठमाण्डौ तिर गयो भनि बुझन आयो, यसले थप प्रहरि माथी नै संका उपसंका जागेको स्थानीयहरुको भनाइ रहेका छन । 

केहि दिन पहिला नयाँ बनेको भेटरीनरी अफिसबाट कम्पयुटर लगायतका सामग्रीहरु चोरी भएको थियो ।
 
बिष्णुपुर बजारमा पटक–पटक घटना दोहरिँदा पनि प्रहरि मुकदर्शक बनेका छन । यतिबेला प्रहरी प्रशासनको रबैया देखेर आफ्नो जिउधन असुरक्षित महसुस गरेका छन ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

नेपालमा ओमिक्रोन संक्रमण भेटिएका दुबै जना संक्रमणमुक्त, सम्पर्कमा आएका सबै नेगेटिभ

  • २०७८ मङ्सिर ६ सोमबार

न्यूज ब्यूरो, काठमान्डौँ ।  नेपालमा कोरोना भइरसको ओमिक्रोन भेरियन्ट भेटिएका दुई जना विदेशी नागरिक कोरोना संक्रमणमुक्त भएका छन्। मंगलबार गरिएको परीक्षणमा दुवै जनाको रिपोर्ट नेगेटिभ आएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

पूरा पढ्नुहोस्

Bureau Menus