मिर्चैयामा कुखुरा फारममा आगलागी
बिनय यादव || मिर्चैया, ६ चैत्त्त । सिरहाको मिर्चैयामा एक कुखुरा फार्ममा आगलागी हुँदा केही कुखुरको क्षति भएको छ । मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा बिजुली सर्ट सर्किट भएर कुखुरा फारममा आगलागी हुँदा सामान्य क्षति भएको हो । आगलागी मिर्चैया ९ रमपुरा बस्ने कमल यादवको कुखुरा फारममा भएको हो । मंगलबार द

२०७४ चैत ६ मंगलबार, राति ९:३२ बजे१ मिनेट पढाइ

बिनय यादव ||
मिर्चैया, ६ चैत्त्त । सिरहाको मिर्चैयामा एक कुखुरा फार्ममा आगलागी हुँदा केही कुखुरको क्षति भएको छ ।
मिर्चैया नगरपालिका वडा नं. ९ रमपुरामा बिजुली सर्ट सर्किट भएर कुखुरा फारममा आगलागी हुँदा सामान्य क्षति भएको हो ।
आगलागी मिर्चैया ९ रमपुरा बस्ने कमल यादवको कुखुरा फारममा भएको हो ।
मंगलबार दिउँसो भएको आगलागीमा ४(५ हजार बराबरको सामान्य क्षति भएको कमल यादवका छोरा जितन यादवले जानकारी दिए ।
आगलागीबाट ३ कुखुरा, फारमको छानो, अन्य केही काठपात लगायतका सामान्य क्षति भएको छ ।
उनका अनुसार बिजुली सर्ट हुँदा आगो सल्केको केहिबेरमै सबैले थाहा पाएपछि स्थानियहरुको सहयोगमा आगोलाई नियन्त्रणमा लिँदा ठूलो क्षति हुनबाट जोगिएको बताए ।
यता, बढेको हावाहुरी र यस घटनालाई दृष्टिगत गर्दै ईलाका प्रहरी कार्यालय मिर्चैयाले सबैलाई आगो बाल्दा वा आगोजन्य पदार्थ प्रयोग गर्दा विशेष ध्यान दिन आग्रह गरेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…