ईलाका प्रहरी लहानद्धारा भारी मात्रामा लागुऔषध सहित दुई युवक पक्राउ 

२०७८ मङ्सिर ५ आइतबार
बिहान ०८:२८ बजे
विजय कुमार महतो

न्यूज ब्यूरो, सिरहा । सिरहा प्रहरीले भारी मात्रामा लागुऔषध सहित दुई युवकलाई पक्राउ गरेको छ । 

ईलाका प्रहरी कार्यालय लहानले भारी मात्रामा लागु औषध सहित दुई युवकलाई पक्राउ गरेको हो । गत शुक्रबार दिउँसो करिब १२ः३० बजेको समयमा सिरहाको धनगढीमाई नगरपालिका वडा नम्बर १० स्थित कार्यालय अगाडीबाटै पक्राउ गरिएको हो ।

ईलाका प्रहरी कार्यालय लहानको मातहतमा रहेको प्रहरी कार्यालय धनगढीमाई कार्यालयको अगाडीबाटे चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको हो ।

 प्रहरी नायब नीरिक्षक प्रमोद कुमार साहको कमाण्डमा खटिएको चेकिङ टोलीले पुर्वबाट पश्चिम तर्फ जादै गरेको प्रदेश नं. २–०२३– प. ९३९ नम्बर अनटेष्ट मोटरसाईकललाई शँका लाग्दा चेकजाँच गर्दा सो लागुऔषध बरामद भएको हो । 

सोही क्रममा लागुऔषध बोक्ने जिल्ला सप्तरी खड्क नगरपालिका वडा नं. ७ बस्ने गुलाबचन्द्र भगतको छोरा अन्दाजी बर्ष २५ को नागेश्वर भगत र पछाडि सवार जिल्ला धनुषा औरहि गाउँपालिका वडा नं. ५ बस्ने बिरेन्द्रलाल कर्णको छोरा बर्ष २९ को रमन कुमार कर्णलाई नियन्त्रणमा लिएको हो । 

उनीहरुले साथमा बोकेको ब्याग भित्र लुकाई छिपाई राखेको नोफिन १९४ एम्पुल, प्रोमिथोजाईन ३४२ एम्पुल, डाईजेपाम ३८२ एम्पुल, लेवल नभएको १८२ एम्पुल 
गरी जम्मा ११०० पिस लागु औषध एम्पुल पक्राउ गरेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी डा. तपन दाहालले जानकारी दिए । 

  • 50%
  • 10%
  • 10%
  • 10%
  • 10%
  • 10%

सरकारको नेतृत्व कांग्रेसले लिन तयार छ : महामन्त्री कोइराला

  • २०७८ मङ्सिर ५ आइतबार

eNewsbureau, काठमान्डौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकको विद्यमान राजनीतिक समस्या समाधान गर्न र आवश्यक परे सरकारको नेतृत्व लिन पनि नेपाली कांग्रेस तयार रहेको बताएका छन् ।  गाईघाटस्थित लोकतान्त्रिक

पूरा पढ्नुहोस्

Bureau Menus