बडही समाजको कर्मचारी तथा बुद्धिजीवी समिति धनुषामा रामअशिष ठाकुर
केन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समितिको अध्यक्ष चन्द्र देव ठाकुर , केन्द्रिय महासचिव कृपाल ठाकुर , केन्द्रिय युवा संयोजक राम नारायण शर्मा , केन्द्रिय सचिब राम कैलास ठाकुको बिशेष आतिथ्यतमा सो समिति गठन गरिएको हो ।

२०७८ मंसिर ५ आइतबार, बिहान ८:०२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । देशैभरि छरिएर रहेको बहडी जातीहरुको छाता सँगठन नेपाल बडही समाजको भातृ सँगठन कर्मचारी तथा बुद्धिजीवी समितिको धनुषा कार्यसमितिमा राम अशिष ठाकुरलाई चयन गरिएको छ ।
शनिबार जनकपुरधामस्थित बडही कुट्टीमा आयोजना गरिएको बडही समाजको जिल्ला स्तरीय कर्मचारी तथा बुद्धिजीवी समिति गठन कार्यक्रममा धनुषा जिल्ला कार्य समितिको लागि राम अशिष ठाकुरलाई सर्वसहमतिले चयन गरिएको हो ।
बडही समाज धनुषाका अध्यक्ष राम केवल ठाकुरको अध्यक्षता तथा समाजको केन्द्रीय समितिको वरिष्ठ सल्लाहकार निवर्तमान केन्द्रीय अध्यक्ष धनिकलाल ठाकुरको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्य समिति गठन कार्यक्रममा राम अशिष ठाकुरलाई अध्यक्ष पदमा चयन गरिएको हो । अध्यक्षको लागि अन्य जना जिम्मेवारी सम्हाल्ने उत्सुकता नदेखाएपछि ठाकुरलाई अध्यक्षको रुपमा चयन गरिएको हो ।
यस्तै, समितिको उपाध्यक्षमा विजय कुमार ठाकुर, सचिवमा राजाराम ठाकुर, कोषाध्यक्षमा गुजानन्द ठाकुरलाई चयन गरिएको हो । ९ सदस्यीय कार्य समितिमा ५ सदस्य रहेका छन् ।
गुरुदयाल शर्मा, दानी ठाकुर, ललनदेव ठाकुर, अशोक ठाकुर र महिलातर्फ कल्पना शर्मालाई सर्व सहमतिले चयन गरिएको हो ।
समितिको सल्लाहकारमा सुशिल ठाकुर, विनोद शर्मा, गुरुदयाल ठाकुर, राम एकवाल ठाकुर, बलराम ठाकुर, सुबोध कुमार ठाकुर र देव नन्दन ठाकुरलाई चयन गरिएको हो ।
केन्द्रिय कर्मचारी तथा बुद्धिजीवी समितिको अध्यक्ष चन्द्र देव ठाकुर , केन्द्रिय महासचिव कृपाल ठाकुर , केन्द्रिय युवा संयोजक राम नारायण शर्मा , केन्द्रिय सचिब राम कैलास ठाकुको बिशेष आतिथ्यतमा सो समिति गठन गरिएको हो ।
यसका साथै, सोही कार्यक्रमको क्रममा युवा संयोजक समेत छनौट गरिएको हो । धनुषा जिल्लाको लागि युवा सँयोजकमा हरिशँकर ठाकुरलाई चयन छनौट गरिएको हो ।
राम नरेश ठाकुरले सँचालन गरेको सो कार्यक्रममा धनुषा जिल्लाभरिका बडही जातीहरुको उपस्थिति रहेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…