गुणस्तरियहीन सिमेन्ट उत्पादन गर्ने 'मारुती सिमेन्ट' सहित पाँच कम्पनीलाई कारवाही
सो उद्योगले एचएसटी मेसिन प्रयोग नगरेको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, बिग्रेको भल्भ नै परिर्वतन गर्नुपर्नेमा मर्मत गरेको, स्प्रिङ्कल मेसिन चालु अवस्थामा नरहेको र प्रेरगजको क्यालिब्रेस नभएको अवस्थामा फेला पारेपछि ग्यास उद्योग नै बन्द गरेको विभागमा महानिर्देशक पुडासैनीले जानकारी दिए। विभागले उद्योग बन्द गर्दै १५ दिनभित्र स्पष्टीकरण पेस गर्ने भन्दै पत्रचार गरेको छ।

२०७८ मंसिर २ बिहीबार, बिहान ७:३९ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरिरहेका पाँच कम्पनीलाई कारबाही गरिएको छ।
गुणस्तर तथा नापतौल विभागले विभिन्न समयमा गरेको बजार अनुगमनका क्रममा गुणस्तरहीन सामग्री उत्पादन तथा बिक्री वितरण गरेका कम्पनीका उत्पादन बिक्री वितरणमा रोक लगाएको हो।
विभागले बुधबार सूचना जारी गर्दै मारुती, युनाइटेड र जगदम्बा सिमेन्ट तथा जानकी केबल प्रालि र श्री ग्यास वान नेपालका उत्पादन बिक्रीमा रोक लगाउँदै १५ दिनभित्र स्पष्टीकरण पेस गर्न पत्राचार गरेको छ।
बजार अनुगमनका क्रममा सङ्कलन गरेको नमुना विभागको प्रयोेगशालामा परीक्षण गर्दा तथा उद्योग निरीक्षण गर्दा सम्बन्धित नेपाल गुणस्तरबमोजिम नपाइएकाले नेपाल गुणस्तर प्रमाण–चिह्न० ऐन, २०३७ तथा नियमावली, २०४० बमोजिम कारबाही गरिएको महानिर्देशक विश्वबाबु पुडासैनीले जानकारी दिए।
उनका अनुसार सिरहामा रहेको मारुती सिमेन्टको ओपिसी ४३ ग्रेड, धादिङमा रहेको युनाइटेड सिमेन्टको ओपिसी ५३ ग्रेड र रुपन्देहीमा रहेको जगदम्बाको पिपिसी सिमेन्टको नमुना परीक्षण गर्दा मापदण्डानुसार गुणस्तर नभएको भेटिएको हो।
कम्पनीले एउटा गुणस्तर भने पनि अनुगमन र नमुना परीक्षण गर्दा सो गुणस्तर भेटिएको थिएन। विभागले तीनै सिमेन्ट उद्योगका उत्पादन बिक्री वितरण बन्द गरी बजारबाट फिर्ता लग्नसमेत निर्देशन दिएको छ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…