नेपाली काँग्रेसमा युवाहरुको पालो, सचिवमा कामत र क्षेत्रीय प्रतिनीधिमा गोईत निर्विरोध
सम्पन्न भएको १४ औँ वडा अधिवेशनबाट गोईतलाई क्षेत्रीय प्रतिनीधिको रुपमा चयन गरिएको हो । उनी आधा दशकदेखि नै नेपाली काँग्रेसमा सक्रिय भएर नेविसँघ प्रदेश नम्बर २ को समितिमा पनि सक्रिय रहँदै आएका छन् ।

२०७८ कार्तिक ३० मंगलबार, राति ९:०५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, धनुषा । नेपाली काँग्रेसको १४ औँ अधिवेशनबाट वडास्तरमा युवाहरुलाई पालो दिइएको छ । विभिन्न ठाउँमा भएको अधिवेशनबाट युवा उमेरका सदस्यहरु देखिएका छन् ।
सोही क्रममा धनुषाको कमला नगरपालिकाको वडा नम्बर १ को अधिवेशनबाट वडा सचिवमा जँगेश कामत निर्विरोध चयन भएका छन् । सम्पन्न अधिवेशनबाट उनलाई सक्रिय सदस्यहरुले सपोर्ट गरेपछि उनी निर्विरोध भएका हुन् ।
विगत दुई वर्षदेखि नेपाली काँग्रेसमा सक्रिय भएका कामतलाई सक्रिय सदस्यहरुले उनको लगनशिलतालाई मध्यनजर गरी सचिव पदमा निर्विरोध गरेका हुन् । २४ बर्षकै उमेरमा कामत वडा कमिटिको सचिव पदको जिम्मेवारी सम्हालेका हुन् ।
यस्तै, धनुषाकै जनकनन्दिनी गाउँपालिकाको वडा नम्बर १ बाट युवा नेता ईन्द्रजीत गोईतलाई क्षेत्रीय प्रतिनीधिमा चयन गरिएको छ । गोईतलाई पनि निर्विरोध चयन गरिएको हो ।
सम्पन्न भएको १४ औँ वडा अधिवेशनबाट गोईतलाई क्षेत्रीय प्रतिनीधिको रुपमा चयन गरिएको हो । उनी आधा दशकदेखि नै नेपाली काँग्रेसमा सक्रिय भएर नेविसँघ प्रदेश नम्बर २ को समितिमा पनि सक्रिय रहँदै आएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…