कृषिजन्य वस्तु भारत निर्यातमा सघाऔँ : मन्त्री यादव
न्यूज ब्यूरो || काठमाडौँ, ६ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले भारतमा कृषिजन्य वस्तु निर्यातलाई सहज बनाउन आग्रह गरेका छन् । विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका मन्त्री यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्र

२०७४ चैत ६ मंगलबार, दिउँसो १२:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
काठमाडौँ, ६ चैत । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवले भारतमा कृषिजन्य वस्तु निर्यातलाई सहज बनाउन आग्रह गरेका छन् ।
विश्व व्यापार संगठनको अनौपचारिक मन्त्रिस्तरीय बैठकमा भाग लिने सिलसिलामा भारतको नयाँ दिल्लीमा रहनुभएका मन्त्री यादवले भारतका वाणिज्य मन्त्री सुरेश प्रभुलाई भेटेर नेपालका कृषिजन्य वस्तुको भारत निर्यातमा सघाउन आग्रह गर्नुभएको हो ।
भेटमा मन्त्री यादवले नेपाल–भारत सीमाका मुख्य भन्सार नाकामा व्यापारजन्य पूर्वाधार निर्यात, नेपालमा भारतीय लगानी वृद्धिलगायत पारस्परिक व्यापार अभिवृद्धिबारे आफ्ना भारतीय समकक्षीको ध्यानाकर्षण गराउनुभएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सो अवसरमा नेपालमा उत्पादनको उच्च सम्भावना भएका वस्तुमा लगानी वृद्धि गर्न र व्यापारजन्य क्षमता विकासमा परिणाम देखिने गरी काम गर्न भारत इच्छुक रहेको जानकारी भारतका वाणिज्य मन्त्रीले दिनुभएको थियो ।
भेटमा दुवै मन्त्रीले आगामी महिना काठमाडौँमा आयोजना हुने वाणिज्य सचिवहरुको बैठकलाई सफल तुल्याउने सम्बन्धमा पनि छलफल गर्नुभएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…