पूर्व राष्ट्रपतिका छोरा यादवको गुट गाउँमै हारे

२०७८ कार्तिक ३० मंगलबार
बिहान ०९:२६ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्व राष्ट्रपति डा. रामवरणका पुत्र डा. चन्द्रमोहन यादवको गुट लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर ४ सपहीमा नराम्ररी पराजित भएको छ ।

सो गाउँपालिकाको वडा नम्बर ४ मा मात्र चुनाव भएको थियो । सोमवार भएको मतदानमा यादवको पक्षमा ५१ मत मात्र परेको थियो । उनको विपक्षमा १सय १ मत खसेपछि डा. यादवको गुटबाट कुनै पदमा प्रतिनिधित्व हुन सकेन् । 

यादव भने कांग्रेसको विधान अनुसार हारे, जितेका प्रदेश सभा र संघीय संसदका उम्मेदवारहरु स्वतःप्रतिनिधि हुने कोटामा परेका छन् । 

युवा नेता विजय यादवको नेतृत्वमा भएको चुनावमा डा।यादवलाई गाउँमै पराजित गरिएपछि महाधिवेशन प्रतिनिधि सम्म पुग्न फेरी उनलाई समस्या देखिएको छ ।

विजय यादव गाउँपालिका सभापतिका उम्मेदवार रहेका छन् । वडा नम्बर ४ को सभापतिमा रघुनन्दन यादव निर्वाचित भएका छन् । 

धनुषा जिल्लाको नगराईनबाट विमलेन्द्र निधि, अनामिका निधि, स्मृतिनारायण चौधरी लगायतका नेताहरु सर्वसम्मतिबाट प्रतिनिधि चयन भएका छन् ।

नेता निधिले उदारता देखाएपछि नगराइनमा सर्वसम्मति भएको छ । निधि परिवारबाट श्रीमती अनामिका निधि समेत आधा दर्जन बढी प्रतिनिधि भएपछि अनुकुल निधिलाई अन्तिम समयमा प्रतिनिधि हुनबाट रोकिएको बताइएको छ ।

मुखियापट्टीबाट रामसरोज यादव प्रतिनिधि बनेका छैनन् ।उनीपनि पदेन प्रतिनिधि छन् ।रामकृष्ण यादव, आनन्द प्रसाद ढुंगाना, महेन्द्र यादव लगायतका नेताहरुपनि सर्वसम्मतिबाट चुनिएका छन् । 

क्षेत्रीय प्रतिनिधिहरुको प्राप्त संख्या अनुसार नेता निधिको पक्षमा अपेक्षाकृत कमजोर देखिएको छ ।जिल्ला सभापति र पालिका चुनावमा नेता निधिलाई धक्का लाग्ने संभावना छ ।
जनकपुरटुडेमा समाचार छ । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

भारतीय ह्याकरद्धारा संघीय सँसदको वेभसाइट ह्याक, लेख्यो -'Stop Supporting China'

  • २०७८ कार्तिक ३० मंगलबार

न्यूज ब्यरो, जनकपुरधाम ।  पछिल्लो समय निरन्तरजसो भैरहेको संघीय संसदको वेबसाइट डाउन र ह्याक हुने समस्या अझै हल हुन सकेको छैन । संसद्को वेभसाइटमा निरन्तर ह्याकरले पहुँच पु¥याइरहेका छन् । बिहीबार

पूरा पढ्नुहोस्

Bureau Menus