स्थानीयहरुले रोके यातायात मन्त्री रेणु यादवको गाडी, भने- 'अब नढाटनुस् मन्त्री ज्यू '
ढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’

२०७८ कार्तिक २९ सोमबार, बेलुकी ६:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमान्डौँ । नेपाल सरकारको भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवको गाडीलाई स्थानीयहरुले रोकेर सडक बनाउन दबाब दियो ।
आइतबार कमलविनायक–नगरकोट सडकको अनुगमनमा पुग्दा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादव सवार गाडीलाई स्थानीयले सडकमै घेरा हालेर रोके । ७ वर्षअघि विस्तार थालिएको सडक नबनेपछि पीडित स्थानीयले मन्त्रीसँग गुनासो राख्न खोजेका थिए ।
गाडी रोक्दा पनि मन्त्री यादवले स्थानीयसँग सम्वाद गरिनन् । बाक्लो सुरक्षा घेराबीच नगरकोट पुगेकी उनलाई स्थानीयले सडकमै अवरोध गरेर रोकेपछि प्रहरीले नै हस्तक्षेप गर्नुपर्योन ।
गाडीको सिसा खोलेर मन्त्री यादवका सहयोगीले मन्त्री नियुक्त भएको एक महिनाभित्रै अनुगमनमा आएको भन्दै दुई महिनाभित्र कालोपत्रेको काम गर्न ठेकदारलाई निर्देशन दिइएको जानकारी गराएका थिए ।
त्यसपछि भने मन्त्री यादव आफैं बाहिर निस्किएर स्थानीयसँग कुराकानी गरिन् । उनले पनि २ महिनाभित्र काम नसके ठेकदारसँग सम्झौता तोडिने बताइन् ।
ढाँट्दा-ढाँट्दै १० वर्ष बित्न लागेको भन्दै स्थानीयले मन्त्रीसँग नै जवाफ मागेका थिए । ‘तापक्रमका कारण पनि अब जाडोमा पिच गर्न सम्भव हुन्न,’ एक स्थानीयले भने, ‘बरु ६ महिनामा गर्छौं भन्नुस्, तर यसरी नढाँट्नुस् ।’
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…