सर्लाहीको धनकौल गाउँपालिकाको प्रशासनिक भवन सँचालनमा
कार्यक्रममा पूर्व प्रमुख प्रशासकिय अधिकृत महोम्मद महफूज अहमद लाई पालिका अध्यक्ष साहले दोसल्ला ओढाएर मायाको चिनो र प्रशंसापत्र सहित सम्मान गरेको थियो भने पालिकाको कर्मचारीले संयूक्त रुपमा उपहार प्रदान गरेका थियो ।

२०७८ कार्तिक २९ सोमबार, बेलुकी ५:५८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको धनकौल गाउँपालिकाको नव निर्मित मुख्य प्रशासनिक भवनको समुदघाटन कार्यक्रम सम्पन्न भएको छ ।
६ करोडको लागतमा निमार्ण भएको प्रशासनिक भवनलाई महिला, बालबालिका युवा तथा खेलकुद मन्त्री विरेन्द्र प्रसाद सिंहले उदघाटन गर्नुभएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै धनकौल गाउँपालिका विकास निर्माणको हरेक क्षेत्रमा जिल्लामै उत्कृष्ट रहेको महिला, बालबालिका तथा युवा खेलकुद मन्त्री विरेन्द्र सिंह दाबी गर्नुभयो ।
“मैले जिल्लाको २० पालिका भ्रमण गरेको छु, मन्त्री सिंहले भने तर आफनै ४ बर्षको कार्यकाल अवधिमा प्रशासनिक भवन निर्माण गरेको यो पहिलो घटना हो । ”
भवन जिल्लामा मात्र नभई प्रदेश २ कै उत्कृष्ट भवनको रहेको बताउदै धनकौल गाउँपालिका जिल्लामै नमुना गाउँपालिका रहेको जिकिर गर्नुभयो।
कार्यक्रमा बोल्दै पालिका अध्यक्ष रामाश्रय साहले सबैको साथ र सहयोगले धनकौल गाउँपालिकाले आफनै मुख्य प्रशासनिक भवनको निर्माण गर्न सफल भएको बताउनुभयो । ठेकेदारले समयमा भवन निर्माण गरेर दिएकोमा उहाँ पनि धन्यवादको पात्र रहेको बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रमुख प्रशासकिय अधिकृत महोम्मद महफूज अहमद लाई पालिका अध्यक्ष साहले दोसल्ला ओढाएर मायाको चिनो र प्रशंसापत्र सहित सम्मान गरेको थियो भने पालिकाको कर्मचारीले संयूक्त रुपमा उपहार प्रदान गरेका थियो ।
पालिकाको प्रमुख प्रशासकीय अधिकृत कृष्ण मोहन साहको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमलाई स्वास्थ शाख प्रमुख अरुण कुमार महतोले संचालन गर्नुभएको थियो।
पालिका अध्यक्ष रामअश्रय साहको अध्यक्षतामा सम्पन्न भएको उदघाटन कार्यक्रममा पालिका अध्यक्ष रामश्रय साह, उपाध्यक्ष अकली सहनी, प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडा, जिल्ला प्रहरी कार्यलय सर्लाहीका प्रमुख कृष्ण प्रसाईं, सशस्त्र प्रहरी बल सर्लाहीका प्रमुख भरत खनिया, बसबरिया गाउँपालिका अध्यक्ष रामअयोध्या राय, सबै वडाहरुका वडाअध्यक्ष, पालिका कर्मचारी लगायत स्थानीयवासीहरुको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…