किसानको २ अर्ब भुक्तानी किन रोके एभेरेष्ट सुगर मिल ?
न्यूज ब्यूरो || बर्दिवास, ६ चैत्त । महोत्तरी जिल्लाको रामनगरमा सञ्चालित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिजले उखु किसानहरुको झण्डै २ अर्ब भुक्तानी रोकेको छ भनेर आजको जनकपुर टुडे दैनिक मा समाचार छापिएको छ । सुगर मिलले किसानहरुबाट ३४ लाख क्विन्टल उखु खरिद गरी चिनी उत्पादन गरिसकेको छ । मिल अझैपनि चालु

२०७४ चैत ६ मंगलबार, बिहान ११:४१ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
बर्दिवास, ६ चैत्त । महोत्तरी जिल्लाको रामनगरमा सञ्चालित एभरेष्ट सुगर एण्ड केमिकल ईण्डष्ट्रिजले उखु किसानहरुको झण्डै २ अर्ब भुक्तानी रोकेको छ भनेर आजको जनकपुर टुडे दैनिकमा समाचार छापिएको छ ।
सुगर मिलले किसानहरुबाट ३४ लाख क्विन्टल उखु खरिद गरी चिनी उत्पादन गरिसकेको छ ।
मिल अझैपनि चालु छ ।किसानहरुलाई प्रति क्विन्टल उखुको मुल्य मिलले ५ सय ३० रुपैया ८५ पैसा निर्धारण गरेको छ ।एभरेष्ट मिलमा उखु बेचेका किसानहरुलाई यस वर्ष उखुको भुक्तानी गरिएको छैन् ।
सहमति अनुसारको मुल्य बमोजिम किसानहरुले मिलबाट १ अर्ब ८०करोड ४८ लाख ९० हजार रुपैया लिनु पर्नेछ ।
तर मिल सञ्चालकहरुले किसानको उखुको मुल्य भुक्तानी गरिरहेका छैनन् । ‘बिहाबारी, मरणहरणमा समेत मिलले उखुको मुल्य भुक्तानी दिएको छैन्’ महोत्तरी औरहीका किसान सोनेलाल महतोले भने, चिनी मिल सञ्चालकहरुले महँगोमा चिनी बेच्ने तर किसानको मुल्य भुक्तानी नगर्ने प्रवृती बढेको छ ।
एभरेष्ट सुगर मिलले नयाँ सिजन सुरु हुनु अगाडी प्रति क्विन्टल ८ हजारको दरले चिनी बिक्री गरेको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…