ठेकेदारहरु साँसद बनेपछि विकास शून्य , करौडोको निर्माण अलपत्र
न्यूज ब्यूरो || जनकपुरधाम, ६ चैत्त । ठुल ठूला निर्माण कम्पनीका ठेकदारहरु साँसद र नेता भएपछि निर्माण कार्यहरु अलपत्र पर्न थालेका छन् । सडक, पुल लगायत निर्माणका ठूला ठेकदारहरुले समयमा काम नगर्दा सर्वसधारणले सास्ती भोग्नु परेको छ । दुई वर्ष भित्र काम सकिनु पर्ने ठेक्का सम्झौता भएका योजनाहरु अलपत्र परेक

२०७४ चैत ६ मंगलबार, बिहान ११:०७ बजे३ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ६ चैत्त ।
ठुल ठूला निर्माण कम्पनीका ठेकदारहरु साँसद र नेता भएपछि निर्माण कार्यहरु अलपत्र पर्न थालेका छन् ।
सडक, पुल लगायत निर्माणका ठूला ठेकदारहरुले समयमा काम नगर्दा सर्वसधारणले सास्ती भोग्नु परेको छ ।
दुई वर्ष भित्र काम सकिनु पर्ने ठेक्का सम्झौता भएका योजनाहरु अलपत्र परेका छन् ।ठेक्का लागेपछि सडक निर्माण हुने आशा सञ्जोएका झण्डै १८ वडा गाउँका बासिन्दाहरु निर्माण अलपत्र परेपछि निराश बनेका छन् भनेर जनकपुरबाट प्रकाशित हुने जनकपुर टुडे दैनिकमा समाचार प्रकाशित भएको छ ।
जनकपुरको कदम चौकदेखि कमला नदी नजिक सम्म दुई पार्टमा ठेक्का लागेको २५ किलोमिट सडकको निर्माण र कमला नदीको पुल निर्माण समयमा पुरा हुने संभावना समाप्त हुन थालेको छ ।
स्थानीय बासिन्दाहरु सडक निर्माणको कार्य आधीपनि नभएको बताउँछन् ।
२५ किलोमिटर लामो सडक निर्माणको मुल ठेकदार रमण कन्सट्रक्सन भएपनि उसले कमल कन्सट्रक्सनलाई काम दिएको छ ।
कमल कन्सट्रक्सनले सडक निर्माणको ठेक्का लिएको छ ।कमला पुलको ठेक्का बीरगञ्जका पप्पु कन्सट्रक्सन कम्पनीले लिएको छ ।
२०७३ साल असार ३१ गते ठेक्का सम्झौता भएको थियो । २४ महिना भित्र निर्माण कार्य सम्पन्न गरिसक्ने उक्त सम्झौताको अवधी २०७५ साल असार ३० गते सम्म रहेको छ ।तर काम हुन सकेको छैन् ।
स्थानीय बासिन्दाहरुले सडक निर्माणको कार्यमा ठेकदारले जानाजानी ढिलाई गरेको आरोप लगाएका छन् ।‘
ठेकदारले काम गर्न चाहेको छैन्’संघिय समाजवादी फोरम नेपाल धनुषाका वरिष्ठ उपाध्यक्ष पशुपति यादवले भने, ‘गर्मीमा धुलोले सास्ती र वर्षामा हिलोले सास्ती भोग्नु परेको छ ।’
गर्मीमा सडकमा उड्ने अत्यधिक धुलोले मोटरसाईकल, साईकल, टेम्पो लगायतका सवारी साधनहरु प्रयोगगर्दा मानिसको अनुहार चिन्नै नसकिने हुने गरेको उनले बताए ।
गर्मीमा अत्यधिक धुलो उड्छ र वर्षामा खाल्डो खुल्डो भै पानी भरिने कारण अबरुद्ध हुने गरेको उनको कथन छ ।
स्थानीय बासिन्दाहरुको दवावमा बिहान र बेलुका सडकमा पानी छर्कने प्रबन्ध ठेकदारले मिलाएका छन् ।
तर तराईको चैत महिनाको गर्मीमा छर्किएको पानीले एक घण्टापनि राहत हुँदैन् ।
हुलाकी राजमार्ग निर्माण हुँदा जनकपुरबाट ढल्केवर जाने समय भित्रै मानिसहरु सोझै सिरहा पुग्ने छन् ।
सरकारले बजेट दिएपनि ठेकदारहरुले निर्माणमा चरम लापर्वाही गर्न थालेपछि योजनाहरु अलपत्र पर्न थालेको छ ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री रामकृष्ण यादवले कामलाई तिव्ररुपमा निर्धारित समयमै सम्पन्न हुने गरी नथालिए स्थानीय बासिन्दाहरु सहित अनशन गर्ने चेतावनी दिएका छन् ।
‘ठेकदारको लापर्वाहीले निर्माण काम कमसल र ढिलो भएको छ ‘उनले भने, हाल सम्म आधी काम पनि भएको छैन् ।समयमै काम सम्पन्न हुने गरी तिव्रता नदिए अनशन बस्ने छु ’।
समयमै निर्माण सम्पन्न भए वरदान हुने सडकमा ढिलाई हुँदा अभिशाप बनेको उनले बताए ।सडक छेउका मात्र नभै वस्ती सम्मै धुलोले मानिसहरु बिरामी पर्न थालेको उनले दुखेसो सुनाए ।
तर ठेकदार किसोरी साहले मापदण्ड अनुसारको सडक खाली नगरिएको बताउँदै काम गर्न कठिनाई भएको बताए ।‘
सडकको काम निर्धारित समयमै पुरा हुनेछ ’उनले भने, अधिकांश काम भईसकेको र कालोपत्रे मात्र गर्ने काम बाँकी रहेकाले चाँडै हुनेछ ।
दिनभरी सडकमा पानी छर्केर ठेकदार बसे ठूलो नोक्सान हुने उल्लेखगर्दै उनले भने, दुवै प्याकेजको कार्य निर्धारित समयमै सम्पन्न हुनेछ ।
ठेकदार साह धनुषा जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ को ‘ख’बाट प्रदेश सभा साँसदमा निर्वाचित भएका हुन् ।सांसद भएपछि जनगुनासोलाई वेवास्ता गर्न थालेको आरोप स्थानीयहरुले लगाएका छन् ।
कमला नदीको पुलको ठेक्कदार पप्पु कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक हरिनारायण रौनियार पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका हुन् ।
उनले ठेक्का लिएको पुल निर्माणको कार्यपनि निर्धारित समयमा सम्पन्न हुने संभावना छैन् ।
ठेकदारहरु नै जनप्रतिनिधि भएपछि निर्माण कार्यहरु अलपत्र परेका छन् ।
धनुषा जिल्लाको अधिकांश ठेक्का लिएका रमण कन्सट्रक्सनका प्रबन्ध निर्देशक बलराम गुप्तापनि राजनीतिमा सकृय हुन थालेका छन् भनेर आजको जनकपुर टुडे दैनिकमा समाचार छ ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…