प्रदेश २ः छठको प्रसाद पुरयाउन आएको कार दुर्घटना, ४ जनाको मृत्यू
दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालिएको थियो ।

२०७८ कार्तिक २८ आइतबार, बिहान ११:०६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो । छठको प्रसाद लिएर घर पुरयाउनको लागि आएको कार दुर्घटना हुँदा चार जनाको मृत्यू भएको छ ।
प्रदेश नम्बर २ को रौतहट जिल्लाको बिरेन्द्र राजमार्गमा अन्तरगर्तको गौर–चन्द्रपुर सडक खण्डको यमुनामाई गाउँपालिकाको झुन्खुनवा चोक नजिक शनिवार राति कार दुर्घटनामा परेर चार जना भारतीय नागरिकको मृत्यु भएको हो।
झुन्खुनवा चोक स्थित पेट्रोल पम्प भन्दा २ सय मिटर उत्तर तर्फ चन्द्रपुरबाट गौर तर्फ आउदै गरेका युके १२ सि २९०० नम्वरको भारतीय नम्वरको स्वीफ्ट कार गए राति १० बजेको समयमा अनियन्त्रित भई दुर्घटना हुँदा चार जना भारतीय नागरिकको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
मृत्यु हुनेमा भारत विहार राज्यको पुर्वी चम्पारण जिल्लाको पताही थाना वेतौना घर भएका २५ बर्षिय दिनानाथ साह, ३० बर्षिय अरुण साह, २८ बर्षिय दिलिप महतो र २७ बर्षिय अमित महतो रहेको रौतहटका प्रहरी उपरिक्षक बिनोद घिमिरेले बताएका छन् ।
रौतहटको देवाही गोनाही नगरपालिका वडा नम्वर ४ स्थित नरेश साह भिनाजुको घरमा छठको पर्साद पुर्याउन आएका उनिहरु घर फर्किदा दुखद घटना घटेको बुझिएको छ।
दुर्घनाग्रत भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले अत्याधिक गतिमा गुडिरहेको कार अनियन्त्रित भई पल्टिदा सडक भन्दा २० मिटर छेउमै रहेको पोखरीमा डुबेको थियो।
कार डुबेपछि बम नहरमा सुरक्षा चेकजाँचमा रहेका सुरक्षाकर्मीहरु तत्काल घटनास्थलमा पुगेर कारमा रहेका व्यक्तिहरुलाई बचाउन निकै प्रयास गरिएपनि असफल भएका थिए।
उनीहरलाई कारको अगाडीको सिसा फुटाएर निकाल्दा चारैको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका एसपी घिमिरेले जानकारी दिएका थिए ।
दुर्घटनाग्रस्त भएको कारलाई गहिरो पानीबाट राति नै प्रहरीले क्रेनको सहाराबाट निकालिएको थियो ।
मदिरा सेवन गरेर गाडी चलाएकोले तिव्र गतिमा आउदै गरेको कार दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । घटनाको विषयमा गहन रुपमा अन्सन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…