धनुषाको देवकोटा टोलमा भव्य देउसी-भैलो सांस्कृतिक कार्यक्रम सम्पन्न
संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन हुन्न चिकित्सक पेशामा आवद्ध देवकोटा टोलका सुना पोख्रेल बताउँछन् । यसपालि देउसी–भैलोको युवा युवती गत तुलनामा राम्रो खेलिएको छ।

२०७८ कार्तिक २१ आइतबार, बेलुकी ६:५० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ८ र धनुषाधाम नगरपालिका ५ बिच सिमानामा रहेको गाउँमा मधेशी पहाडी दुबै जातजातिका समुदायका बसोबास रहेको छ।लक्ष्मीपूजाका दिनदेखि भाइटीकाको मध्यरातिसम्म देउसी–भैलो खेल्ने गर्दै आएको हो । देवकोटा टोलमा मात्र होइन उतरी भेगमा समेत देउसी–भैलोको चहलपहल रहेको देखिएको छ।
तिहार भन्ने बित्तिकै झिलिमिली बत्ती र देउसी(भैलोको सम्झना सबैलाई हुन्छ । पौराणिक कथा अनुसार बलिराजाले घरघर पुगेर देउसी–भैलो खेल्न उर्दी गरेपछि तिहारमा यसको चलन शुरु भएको हो । लक्ष्मीपूजा गरेपछि महिलाहरु भैलमे खेल्न र गोवर्धन पूजा गरेपछि पुरुषहरु देउसी खेल्न हिँड्ने प्रचलन छ ।
संस्कृति र परम्परा कुनै पनि समुदायको पहिचान हो । नेपालीको साझा संस्कृतिको रुपमा विकास भएको दशैं, तिहार र छठ जस्ता चाडपर्वको महत्व घट्न दिन हुन्न चिकित्सक पेशामा आवद्ध देवकोटा टोलका सुना पोख्रेल बताउँछन् । यसपालि देउसी–भैलोको युवा युवती गत तुलनामा राम्रो खेलिएको छ।
देवकोटा टोलमा स्थानीय किशोर किशोरीको पहलमा हरेक वर्ष स्थानीय हरुले देउसी–भैलो खेल्दै आएका छन् ।संस्कृतिको संरक्षण, मनोरञ्जन र सार्वजनिक संस्थाको कोषवृद्धिका लागि देउसी–भैलो खेल्ने पुरानै चलन हो ।
यसपटक कोरोनाकालले गर्दा त्यति धुमधाम न भएपनी ठिक ठिक भएको स्थानीय युवा रामकृष्ण शर्मा बताउछन् , ‘पूजापाठ गर्ने र भाइटीका लगाउने चलनको तिहारमा आफ्नै महत्व छ, तर आँगनमा देउसी–भैलो नगुञ्जिँदा कताकता खल्लो लागिरह्न्छ त्यसैले यस्ता कार्यक्रमहरु हुनु पर्यो ,’ उनले भने, ‘
दक्षिणा आएको रकम समाजिक कार्यमा लगाउने गरेको किशोरी रचना घिमिरेले बताए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…