सुखीपुर नगर युवा समाजद्वारा दिपावली र छठ शुभकामना आदानप्रदान
त्यसैगरी प्रदेश सदस्य सुनिता देवी मोची , नरेश कुमार यादव र नगर सुधार समितिका अध्यक्ष विपि भुवन यादव लगायतका वक्ताहरुले पनि सुखीपुर नगरपालिकामा ब्यापक भ्रष्टाचार विरुद्धमा अवाज उठाउनुपर्ने बताएका थिए ।

२०७८ कार्तिक १८ बिहीबार, बिहान ७:४४ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहा जिल्लाको सुखिपुर नगरपालिकास्थित रहेको सुखिपुर नगर युवा समाजद्धारा दिपावली तथा छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय समाजसेवी शिव यादवको अध्यक्षता तथा प्रदेश सभा सदस्य मदन सेना श्रीवास्तवको प्रमुख आतिथ्यमा सम्पन्न शुभकामना आदान प्रदान कार्यक्रममा नगर युवा सँजालको काम कर्तव्य बारे बखान गरिएको थियो ।
सो कार्यक्रममा दाईजो विरुद्धमा अवाज उठाउनेले नै लुकिछिपी भई दाईजो लिने गरेकोले दाईजो न्युनिकरण नभएको प्रदेश नम्बर २ का प्रदेश सभासद श्रीवास्तवले दुःखेसो पोखे ।
“सुखीपुर नगरपालिकामा खुल्याम भष्टाचार भए रहेको छ । समुदायिक विद्यालयमा अध्ययनरत बालाबालिकालाई दिवा खाजा खानका आएको बजेट लक डाउनको समयमा विद्यालय नखुलेकोले बालबालिका खाजा नखाएको तर विद्यालयको खातामा बजेट निकासा गरी प्रअसंग मिलोमतोमा भ्रष्टाचार गरेको छ । यस प्रकारको कैयौँ शिर्षकमा भ्रष्टाचार गरेकोले कानुनी कर्वाहीको लागि लाग्नुपर्छ ।”– उनले भने ।
त्यसैगरी प्रदेश सदस्य सुनिता देवी मोची , नरेश कुमार यादव र नगर सुधार समितिका अध्यक्ष विपि भुवन यादव लगायतका वक्ताहरुले पनि सुखीपुर नगरपालिकामा ब्यापक भ्रष्टाचार विरुद्धमा अवाज उठाउनुपर्ने बताएका थिए ।
कार्यक्रममा बिशिस्ट अथिती प्रदेश सभा सदस्य मा नरेश यादव ,अथिती प्रदेश सभा सदस्य सुनिता देवी राम , समाजसेवी अशोक प्रशाद रौनियार ,समाजसेवी सुखिपुर उद्योग व्यापार संघका अध्यक्ष सत्रुधन प्रशाद चौधरी ,समाजसेवी बिन्देसवर पजियार ,समाजसेवी तथा नगर शुधार समिति सुखिपुरका अध्यक्ष बिपी भुवन यादव ,इलाका प्रहरी कार्यलय पतारीका प्रहरी निरीक्षक बिरेन्द्र घिमिरे , ने.बि संघका विद्यार्थी नेता प्रबिन दास बुद्धिजिवी , सुखिपुर नगर का सम्पूर्ण पत्रकार , नगर भित्रका सम्पुर्ण समाजिक अभिन्ता ,नगर भित्रका सम्पुर्ण लोक सेवामा आफ्नो नाम निकाल्न सफल विद्यार्थी , राजनीति दल , युवावर्ग , कलाकार , महिला , शिक्षक , स्थानीयहरु को करिब १२६ जना लगायत ब्याक्तीहरुको उपस्थितिमा शुभ दिपावली र छठ पर्वको शुभकामना अदानप्रदान सहित कार्यक्रममा सम्मानित गरिएको थियो।
कार्यक्रम अबधि भर कार्यक्रममा उद्घोषण कानुनका विद्यार्थी गुमस्ता यादवले गरेका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…