सञ्चारकर्मी सौरभले सदा वस्तीका वालबालिकासँग मनाए जन्मदिन
बालबालिकाले शैक्षिक सामाग्री पाउँदा उत्साहित देखिएका अभिभावकहरुले जन्मदिनमा बिपन्न दलित समुदायलाई सम्झिएको भन्दै संचारकर्मी यादवको प्रशंसा गरे । उनीहरुले संचारकर्मी यादवलाई धन्यवाद दिदै बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने प्रतिबद्धता जनाए ।

२०७८ कार्तिक १७ बुधबार, बिहान ८:३४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, राजविराज । सप्तरीका संचारकर्मी सौरभ यादवले मुसहर बालबालिकासँग आफ्ना जन्मदिन मनाएका छन् । सप्तरीको बिष्णुपुर गाउँपालिका ६ स्थित गोरगामामा मंगलबार मुसहर बस्ती पुगेर उनले जन्मदिन मनाएका हुन् ।
संचारकर्मी यादवले जन्मदिनको अबसर पारेर मुसहर बालबालिकालाई शैक्षिक सामाग्री बितरण गर्दै जन्मदिन मनाए । उनले दुई दर्जन मुसहर बालबालिकालाई शैक्षिक सामाग्री बितरण गरे । दलित बालबालिकासँग जन्मदिन मनाउन पाउँदा खुशी लागेको छ उनले भने, जन्मदिनको अबसरमा धेरै खर्च गर्नुभन्दा शिक्षा क्षेत्रमा पछाडि परेका समुदायलाई प्रोत्साहन गर्ने उद्देश्यले दलित बस्तीमा जन्मोत्सव मनाउन आए ।
बालबालिकाले शैक्षिक सामाग्री पाउँदा उत्साहित देखिएका अभिभावकहरुले जन्मदिनमा बिपन्न दलित समुदायलाई सम्झिएको भन्दै संचारकर्मी यादवको प्रशंसा गरे । उनीहरुले संचारकर्मी यादवलाई धन्यवाद दिदै बालबालिकाहरुलाई नियमित विद्यालय पठाउने प्रतिबद्धता जनाए ।
संचारकर्मी यादव एपि वन टेलिभिजन सप्तरी सम्बाददाता रुपमा क्रियाशिल रहेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…