जय सूर्य कन्सल्टेन्टले घरको नक्सा निःशुल्क बनाउने
न्यूज ब्यूरो, सप्तरी । सप्तरीस्थित रहेको जय सूर्य कन्सल्टेन्टले आम सर्वसाधारणलाई घरको नक्सा निःशुल्क बनाइदिने घोषणा गरेका छन् । सप्तरीको बोदे बसाईन नगरपालिका र तिलाठी कोयलाडी गाउँपालिकाको सम्पूर्ण नागरिकलाई सो कम्पनीबाट निःशुल्क घरको नक्सा बनाइदिने घोषणा गरेको हो । आफ्नो जन्मदिनको अवसरमा कम्पनीका सँ

२०७८ कार्तिक १५ सोमबार, दिउँसो १:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सप्तरी । सप्तरीस्थित रहेको जय सूर्य कन्सल्टेन्टले आम सर्वसाधारणलाई घरको नक्सा निःशुल्क बनाइदिने घोषणा गरेका छन् ।
सप्तरीको बोदे बसाईन नगरपालिका र तिलाठी कोयलाडी गाउँपालिकाको सम्पूर्ण नागरिकलाई सो कम्पनीबाट निःशुल्क घरको नक्सा बनाइदिने घोषणा गरेको हो ।
आफ्नो जन्मदिनको अवसरमा कम्पनीका सँचालक ईन्जिनीयर एवम् जनता समाजवादी पार्टी नेपालका युवा नेता, समाजवादी युवा संघको प्रदेश सदस्य सत्येन्द्र यादवले सो घोषणा गरेका छन् । गत वर्ष तिलाठी विष्णपुर गाउँपालिकाभरिका नागरिकलाई निःशुल्क नक्सा बनाइदिने घोषणा गरेका यादवले यसपालीको जन्मदिनमा बोदे बसाईन नगरपालिका र तिलाठी कोयलाडीवासीलाई समेत सेवा दिने भएको छ ।
संचालित कम्पनीले विगत लामो समयदेखि पत्रकार मिडियाकर्मी साथीहरु लाई र विष्णुपुर गाउॅपालिकाको सम्पूर्ण आम जनताहरूलाई निशुल्कमा परामर्श अर्थात् घरको नक्सा सेवा दिइरहेको थियो ।
घरको नक्सा, घर बनाउने सम्बन्धि निःशुल्क परामर्श दिनुको साथै सुपरभिजन समेत निःशुल्क गर्ने कम्पनीका सँचालक यादवले बताए । उनले आर्किटेक्टको लागि अँजु कुमारी यादव र ईन्जिनीयर सँजीव नारायण यादवलाई सम्पर्क गरी निःशुल्क नक्सा लिन अनुरोध समेत गरेका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…