गुणस्तरीय इन्टरनेट सेवा Vianet अब जनकपुर र बर्दिवासमा, 48 GB मोबाईल Data Free
विज्ञान र प्रविधिको युगमा पनि विभिन्न समयमा ग्राहकहरुले स्लो इन्टनरनेटको सामना गरिरहेको र दिक्क भएको बेला भायानेटले कमै दाममा उच्च गतिको इन्टरनेट प्रदान गर्ने भएको छ । भायानेटले भायाटिभी पनि ल्याएको छ ।

२०७८ कार्तिक १५ सोमबार, दिउँसो १२:१७ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र टेलिभिजन सेवा प्र्रदायक भायानेट कम्युनिकेसन्स प्रा.लि. ले जनकपुर र बर्दिवासमा पनि आफ्नो सेवा विस्तार गरेको छ ।
प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरमा भायानेटले सोमबारदेखि नै अधिकारिक रुपमा आफ्नो सेवा विस्तार गरेको हो । यसअघि काठमान्डौँ लगायत विभिन्न शहरमा सँचालनमा रहेको भायानेट जनकपुर र बर्दिवासमा विस्तार गरेको हो ।
सेवा विस्तारसँगैं कम्पनी अब देशका २४ शहरहरुमा गुणस्तरीय इन्टरनेट र टेलिभिजन सेवा प्रवाह गर्न सक्षम भएको छ । भायानेटले ग्राहकहरुका लागि विभिन्न प्रकारका योजनाहरु पनि समय समयमा संचालन गर्दै आएको छ ।
काठमान्डौँ सहित अन्य २२ शहरमा सफलता प्राप्त गरेको भायानेट जनकपुर र बर्दिवासमा सेवा विस्तार गर्नु अघि नै ईन्टरनेटको लागि ग्राहकहरु बुकिँग गरेको जनाइएको छ ।
कम लागतमा अन्यभन्दा उत्तम र फास्ट नेट प्रदान गर्दै आएको भायानेटले जनकपुर र बर्दिवासमा सेवा विस्तार भएको खुशीयाली बाँड्न १ वर्ष सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई ४ महिना तथा ३ महिना सब्सक्रिप्सन गर्ने ग्राहकहरुलाई २ महिना निःशुल्क इन्टरनेट सेवा प्रदान गर्ने र पहिलो १०० जना वार्षिक ग्राहकहरुलाई ४८ जिबी मोबाइल डाटा जगेडा भएको एनसेलको सिम कार्ड सित्तैंमा प्रदान गर्ने योजना अघि सारेको छ ।
भायनेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भनें सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवा पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा प्रदायकको रुपमा परिचित भायनेट ISO 9001:2015 प्रामाणिक कम्पनी पनि हो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…