पत्रकार र समाजिक अगुवा मिश्रद्धयलाई पितृशोक
राजा ज्ञानेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका मिश्र पञ्चायतकालमामा प्रधानपञ्च समेत बनेका तिए । उनले झण्डै ६ महिना मेयरको कार्यभार सम्हालेका थिए । मिश्रका ४ छोरा र तीन छोरी छन् । चार छोरामध्ये मुरली मनोहर मिश्र नागरिक अगुवा छन् भने धनश्याम मिश्र पत्रकार हुन् ।

२०७८ कार्तिक १५ सोमबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरका सँचारकर्मी घनश्याम मिश्र एवम् नागरिक अगुवा मुरली मनोहरमिश्रलाई पितृशोक परेको छ ।
जनकपुरका सँचारकर्मी घनश्याम मिश्र एवम् समाजिक अगुवा मुरली मनोहर मिश्रको बुवा राजदेव मिश्रको सोमबार विहान मृत्यू भएको छ । उनी जनकपुरका पूर्व मेयर थिए ।
सोमबार बिहान साढे ३ बजे मिश्रको ८५ वर्षको उमेरमा आफ्नै निवास जनकपुरधाम उपमहानगरपालिका ४ आनन्दनगरमा निधन भएको सँचारकर्मी एवम् उनका उनका छोरा घनश्याम मिश्रले जानकारी दिए ।
तीन महिना अघि उनलाई हृदयघात भएको थियो । सोमबार दिउँसै उनको अन्त्येष्टि गरिने जनाइएको छ ।
राजा ज्ञानेन्द्रको पालमा तत्कालीन जनकपुर नगरपालिकाको मेयरमा निर्वाचित भएका मिश्र पञ्चायतकालमामा प्रधानपञ्च समेत बनेका तिए । उनले झण्डै ६ महिना मेयरको कार्यभार सम्हालेका थिए ।
मिश्रका ४ छोरा र तीन छोरी छन् । चार छोरामध्ये मुरली मनोहर मिश्र नागरिक अगुवा छन् भने धनश्याम मिश्र पत्रकार हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…