संघीय शिक्षा ऐन चाडै आउनेछ– राज्यमन्त्री यादव
शिक्षा विकास तथा समन्वय ईकाई, सर्लाही प्रमुख रामअधार सिंह कुशवाहा ले अध्यादेशमार्फत् भएपनि संघीय शिक्षा ऐन ल्याउनुपर्ने बताए । शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र शैक्षिक सत्र खेर नफाल्न ईकाई शुरुदेखि नै सक्रिय रहेको र अब पनि यसमा सघाउन प्रतिबद्ध रहेको कुशवाहा ले बताए ।

२०७८ कार्तिक १४ आइतबार, राति ९:०४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सर्लाही । शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादवले संघिय शिक्षा ऐन चाडै आउने बताएकी छिन ।
शिक्षा विकास तथा समन्वय ईकाई सर्लाहीले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अहिलेसम्म नआउनुलाई कमजोरी रहेको स्वीकार समेत गरे ।
माननीय राज्यमन्त्री यादवबाट जिल्लाको शैक्षिक चिनारी सहितको वर्तमान शैक्षिक अवस्था पत्रमा उल्लेख गरिएको विषयवस्तु सम्बन्धी मन्त्रालयमा छलफल गरिने बताउनुभयो ।
उहाँले शिक्षाको समस्या बुझ्दै गएको र सुधारको कडीको रूपमा हेरिएको स्पष्ट नीति सहितको संघीय शिक्षा ऐन चाडै जारी हुने बताउनु भयो ।
उहाँले सर्लाही इकाइको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनु भएको छ ।
शिक्षा विकास तथा समन्वय ईकाई, सर्लाही प्रमुख रामअधार सिंह कुशवाहा ले अध्यादेशमार्फत् भएपनि संघीय शिक्षा ऐन ल्याउनुपर्ने बताए ।
शिक्षण सिकाइलाई प्रभावकारी बनाउन र शैक्षिक सत्र खेर नफाल्न ईकाई शुरुदेखि नै सक्रिय रहेको र अब पनि यसमा सघाउन प्रतिबद्ध रहेको कुशवाहा ले बताए ।
शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीको विशेष आमन्त्रणामा इकाइ कार्यालयको अवलोकन र सर्लाहीको शैक्षिक अवस्था बुझ्न पुग्नु भएका राज्यमन्त्री यादवलाई फुल, माला, अविर र सल ओढाएर सम्मान गरिएको छ ।
सो अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री माननीय बोधमाया कुमारी यादव, प्रदेश नं.२ का वाइसीएल इन्चार्ज एवं जुझारु युवा नेता शंकर महतो, नेकपा माओवादी जिल्ला कार्य समिति सदस्य जितेन्द्र महतो, सिटीइभिटी मलंगवाका प्रमुख मकेश्वर सिंह, माननीय राज्यमन्त्रीज्यूको निजी सचिव रामएकवाल यादव, प्रधानाध्यापक, शिक्षक, पत्रकार र इकाइको कर्मचारीहरूको उपस्थिति रहेको थियोे ।
सो अवसरमा स्वागत मन्तव्य निमित्त इकाइ प्रमुख रामअधार सिंह कुशवाहाले राख्नु भएको थियो भने कार्यक्रम संचालन प्राविधिक सहायक सुनिल कुशवाहाले गर्नु भएको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…