जसपाका साँसद यादवलाई पार्टीले सोध्यो स्पष्टिकरण
प्रदीप यादवलाई नयाँ सरकारमा मन्त्री पद नदिएपछि उनका समर्थकहरुले उपेन्द्र यादव विरुद्ध नारावाजी सहित पुतला दहन गरेको थियो । पार्टी कार्यालयमै पुगेर पनि प्रदर्शन गरेको थियो ।

२०७८ कार्तिक १३ शनिबार, दिउँसो १२:१९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, वीगगँज । जनता समाजवादी पार्टी (जसपा) का कार्यकारिणी सदस्य एवम् संघीय सांसद प्रदीप यादवलाई स्पष्टीकरण सोधिएको छ।
साँसद यादवले पार्टी हितविपरित काम गरेको भन्दै पार्टीले सात बुँदे स्पष्टीकरण सोधेको हो। जसपाले साँसद यादवको नाममा पत्र काटदै ७ बुँदे स्पष्टिकरण सोधेको हो ।
मन्त्री नबनाइएको भन्दै यादवका समर्थकहरूले बालकुमारीस्थित पार्टी केन्द्रीय कार्यालयका साथै बीरगंजमा जसपा अध्यक्ष उपेन्द्र यादवका पुतला जलाएका थिए। सोही बिषयमा आफ्नै पार्टीभित्र यस्ता गतिविधि गरेपछि उनलाई स्पष्टिकरण सोधिएको हो ।

यादवलाई मन्त्री बनाएको झोँकमा उनका समर्थकहरुले जसपाका अध्यक्ष उपेन्द्र यादवलाई पनि बीरगंज प्रवेश गर्न नदिने चेतावनी दिएको बेला उनलाई स्पष्टिकरण सोधिएको हो ।
‘तपाईंले पार्टीविरूद्ध विभिन्न सञ्चारमाध्यममा अभिव्यक्ति दिनु भएको जानकारी हुन आएको छ,’ यादवलाई सोधिएको स्पष्टीकरण पत्रमा भनिएको छ,‘यसै सन्दर्भमा तपाईंको निर्देशनमा केही व्यक्तिहरूले उत्छृंखल ढंगबाट पार्टी झण्डा जलाउने, पार्टी विरोधी नारा लगाउने कार्य गरी पर्सा जिल्ला पार्टी कार्यालय तोडफोड गर्नुका साथै पार्टी केन्द्रीय कार्यालयमा पार्टी अध्यक्षको पुतला जलाउने र जसपा मुर्दाबादजस्ता नारा लगाइ कार्यालयमा तालाबन्दी गर्ने जस्ता अनुशासनहीन, अशोभनीय, अराजक र पार्टी आचरणविपरितका कार्य भएका छन्।’
पार्टी केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले सोधेको स्पष्टीकरणमा तीन दिनभित्र जवाफ दिन भनिएको छ।
तोकिएको समयभित्र स्पष्टीकरणको जवाफ नआए पार्टी विधान र नियमानुसार कारबाही गरिने पत्रमा चेतावनी समेत दिइएको छ।
प्रदीप यादवलाई नयाँ सरकारमा मन्त्री पद नदिएपछि उनका समर्थकहरुले उपेन्द्र यादव विरुद्ध नारावाजी सहित पुतला दहन गरेको थियो । पार्टी कार्यालयमै पुगेर पनि प्रदर्शन गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…